कोभिड-१९ को संक्रमणबाट २२ हजार बढी स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुनसार ५२ देशमा २२ हजार बढी स्वास्थ्यकर्मी संक्रमित भएका हुन्।
डब्लुएचओले दैनिक सार्वजनिक गर्दै आएको रिपोर्ट अनुसार अप्रिल ८ सम्म २२ हजार ७३ हजार स्वास्थ्यकर्मीहरुलाई कोभिड-१९ को संक्रमण देखिएको शनिवार जनाएको छ।
यो संख्या कम हुन सक्ने डब्लुएचओले जनाएको छ। स्वास्थ्यकर्मीलाई लक्षणविना नै संक्रमणहरु देखिएको भन्दै यो संख्या अझै बढी हुन सक्ने बताइएको छ।
प्रारम्भिक नतिजा अनुसार स्वास्थ्यकर्मीहरु कार्यक्षेत्र र समुदाय दुबैमा संक्रमित भएका छन्। उनीहरु धेरै जसो परिवारका सदस्यबाट संक्रमित भएका छन्।
स्वास्थ्यकर्मीहरुको सुक्षाका लागि डब्लुएचओले मास्क, गग्लस, पञ्जा तथा गाउन जस्ता पीपीइलाई सही तरिकाले प्रयोग गर्न सुझाव दिएको छ। डब्लुएचओले देशरुबाट प्राप्त हुने रिपोर्टमा स्पष्ट रुपमा स्वास्थ्यकर्मी भए नभएको नछुट्टिएका कारण पनि यो संख्या बढ्न सक्ने जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij