बेलायतमा पछिल्लो दुई दिनमा कोरोना भाइरसको संक्रमणबाट पाँच जना नेपालीको मृत्यु भएको छ। योसँगै बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ ।
बुधबार तीनजना तथा बिहीबार दुईजना नेपालीको मृत्यु भएको हो । बुधबार मृत्यु हुनेमा भूपू गोर्खा सैनिक ५९ वर्षीय चेतप्रसाद गुरुङ, शिव श्रेष्ठ र मेघबहादुर गुरुङ रहेका छन् ।
त्यस्तै केदार पन्त र अर्का एक जना नाम नखुलाइएका नेपालीको पनि कोरोना भाइरसका कारण बिहीबार मृत्यु भएको छ ।
तीन साताअघि लन्डनको ह्यारोमा बसोबास गर्दै आइरहेका ६५ वर्षीय भूपू गोर्खा सैनिक लिलाबहादुर राई र त्यसको एक सातापछि दक्षिणी लन्डनमा बसोबास गर्ने ४० वर्षीय प्रशान्त अर्यालले ज्यान गुमाएका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij