२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जनप्रतिनिधिबाटै सामान्य विवादमा कुटिएका बालक थप उपचारकाे निम्ति बुटवलमा

जनप्रतिनिधिबाटै सामान्य विवादमा कुटिएका बालक थप उपचारकाे निम्ति बुटवलमा

जनप्रतिनिधिबाटै किन कुटयाे त बालकलाइ

प्यूठान : मदाने गाउँपालिका ६ गुल्मीका वडा सदस्य चक्र बहादुर जिसीको कुटाईबाट घाइते भएका सौतामारेका बालकलाई थप उपचारका लागि बुटवल लगिएको छ । सोमवार सामान्य विषयमा भनाभन हुँदा वडा सदस्य जिसीले झिमरुक गाउँपालिका १ सौतामारे प्यूठानका १८ वर्षिय विष्णु जिसीलाई कुर्सी प्रहार गरेका थिए । पुर्कोटदह स्वास्थ्यचौकीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि बुटवल पु¥याइएको उपचारमा संलग्न झिमरुक १ का स्थानीय समाजसेवी लिला जिसीले जानकारी गराए । बुटवलस्थित लुम्विनी सिटी हस्पिटलमा उपचार भइरहेको उनले जानकारी गराए ।

चक्र बहादुर जिसी जनप्रतिनिधि

मंगलवार विहान घाइते यूवाको टाउको र दुवै आँखामा चोट लागेको छ । उनलाई टाउको बढी दुख्ने र बान्ता हुन थालेपछि थप उपचारका लागि बुटवल लगिएको जिसीले जानकारी गराए । घाइते बालकको टाउको सुनिन्एको छ । वडा सदस्य जिसी सहित उनका आफन्तहरुले उनलाई कुटेका थिए । उनी दुई साता अघि भारतबाट घर आएका थिए ।

मदाने गाउँपालिका गुल्मीले सौतामारे प्यूठानमा संचालन गरेको हेल्थ डेक्समा जान खोज्दा वडा सदस्य जिसीले उनलाई कुटेका हुन् । प्रत्यक्षदर्शीका अनुसार बालकलाई कुट्दा इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएका एक जना प्रहरी मुखदर्शक बनेका थिए । बालकका बुवा उनी एक वर्षको हुँदा नै निधन भएको थियो । आमा भारतमा बस्दै आएकी छन् । झिमरुक गाउँपालिका १ का वडा अध्यक्ष धुर्वराज खनालले उनलाई कोरोनाको त्रासमा गुल्मी, प्यूठान र अर्घाखाँचीको सिमानामा बनाइएको बेरियल हेरालुको रुपमा पारिश्रमिक दिएर राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij