न्यूयोर्क – चर्चित अमेरिकी मिडिया वासिङ्टन पोस्टले अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेमध्ये ७ सय ५९ जना ५० वर्षभन्दा कम उमेरका रहेको जनाएको छ।
तीमध्ये ९ जना २० वर्षभन्दा कम उमरका रहेको वासिङ्टन पोष्टको दावी छ। भाइरसले ज्यान गुमाएकाहरुको उमेरको विश्लेषण गरि वासिङ्टन पोष्टले यस्तो तथ्य बाहिर ल्याएको हो। अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण करिब १५ हजारले ज्यान गुमाएका छन् भने साढे ३ लाख संक्रमित छन्।
भाइरसको जोखिम सबैभन्दा बढी वृद्धवृद्धामा हुने तथ्यहरु सार्वजनिक भइरहेका बेला वासिङ्टन पोष्टले मृतकहरुको उमेरमाथि अध्ययन गरेको थियो। ज्यान गुमाएका ५० वर्ष उमेरमुनिका मध्ये २० देखि ३० वर्षका ४५ जना, ३० देखि ४० वर्षका एक सय ९० जना र ४० देखि ५० वर्ष उमेरका चार सय १३ जना छन्।।
५० वर्षभन्दा कम उमेरका मध्ये ज्यान गुमाउनेमा कनराड बुचानन पनि एक हुन्। यी ३७ वर्षीय डीजेलाई कुनै रोगको समस्या थिएन्। श्रीमती निकोल बुचाननका अनुसार करिब दुई साताको संक्रमणपछि कनराडको ज्यान गएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij