२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रधानमन्त्रीको सम्बोधनः २ हप्ता अवधि बढी संवेदनशिल हुन सक्छ

प्रधानमन्त्रीको सम्बोधनः २ हप्ता अवधि बढी संवेदनशिल हुन सक्छ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खर राष्ट्रको नाममा समबनेधन गर्दै आउने दुई साता नेपालीका लागि थप चुनौतिपूर्ण हुने भएकाले थप सचेत रहन आग्रह गर्नुभएको छ । नेपालै रहेका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिनुले सरकार अझ सतर्क भएको ऊहाँले बताउनुभयो ।

कोरोना विश्वलाई नै चुनौती दिने महामारी भएको र यसको लागि लकडाउनको विकल्प नभएको बताउँदै ऊहाँले जो जहाँ छ, त्यहीँ सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

अबका दिनमा ¥यापिड टेष्ट डिटेक्सन किटले सजिलै कोरोना परीक्षण गर्न सकिने बताउँदै प्रधानमन्त्री ओलीले अबका २ हप्तामा नयाँ संक्रमित देखिन सक्ने र समुदायमा समेत फैलिन सक्ने सम्भावना रहेको कारण थप सजग रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सरकार नागरिकको सुरक्षा प्रति संवेदनशिल रहेको बताउँदै ओलीले तत्कालको परिस्थितिले उत्पन्न भएको संकटलाई लक्षित गरी स्थानीय तहबाट नै राहत वितरण गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

सम्बोधनको क्रममा ओलीले क्वारेन्टाइन अवधि भुक्तान गरिसकेका व्यक्तिहरुमा पुनः कोरोना परीक्षण गर्ने, सूचना प्रवाहको लागि ट्रेसिङ एप सुचारु गरिने, मेगा प्रोजेक्ट निर्माण कार्य जारी राख्ने, कृषि क्षेत्रमा संलग्न व्यक्तिहरुलाई लक्षित गरी उपयुक्त व्यवस्था गरिने, महामारीमा अग्रस्थानमा रहेर सेवामा खटिने व्यक्तिहरुलाई वीमा तथा आकर्षक भत्ताको व्यवस्था गरिएको र उच्च मनोवल सहित काम गर्ने लगायतका कुराहरु उल्लेख गर्नुभएको छ ।

मुलुकमा कोरोना विरुद्धको अबको युद्ध जनताको साथ र सहयोगबाट मात्र सम्पन्न हुन सक्नेमा प्रधानमन्त्रीले आश्वस्त पार्नुभएको छ । यो लडाईं सबैको साझा लडाई भएको बताउँदै ओलीले सबैलाई उच्च मनोबल सहित सेवामा खटिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij