२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सवारी पास लिनकै लागि आमाको मृत्युको झुटो विवरण दिएपछि‍‍‍ ……………

सवारी पास लिनकै लागि आमाको मृत्युको झुटो विवरण दिएपछि‍‍‍ ……………

‍‍‍‌‌

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेको छ । अत्यावश्यक अवस्थामा हिँड्नका लागि प्रशासनले सवारी अनुमति पास दिँदै आएको थियो ।

दुरुपयोग हुन थालेपछि गृह मन्त्रालयको निर्देशनमा पास वितरणमा कडाइ गरिएको छ । तर, प्रशासनको कडाइका बाबजुद पनि सर्वसाधारणको अटेरिपन छुटेको छैन । ललितपुरमा एक जना व्यक्तिले आफ्नो आमाको मृत्यु भएको झुटो विवरण पेश गरेर सवारी चालकको पास लिएका छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका–६, महोलिया घर भइ ललितपुर–३, पुल्चोक बस्ने शुभनारायण चौधरी दुई दिनअघि जिल्ला प्रशासन कार्यालय, ललितपुरमा सवारी पास बनाउन गए । अत्यावश्यक अवस्थामा मात्र पास वितरण हुने बुझेका उनले आफ्नै आमाको मृत्यु भएको झुटो विवरण प्रस्तुत गरे ।

प्रशासनबाट सवारी चलाउने अनुमति त उनले पाए, तर प्रहरीको नजरबाट भने बच्न सकेनन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राई आमाको मृत्यु भएको भन्दै बस रिजर्भ गरेर ३० जनाभन्दा बढी जान लागेको विवरण दिनेवित्तिकै शंका भएको बताउँछन् ।

‘अनुसन्धानको सिलसिलामा हामीले घरमा दाजुको नम्बर, बुबाको नम्बर माग्नेवित्तिकै उनीहरुको बोल्ने शैली नै फेरियो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राईले अनलाइनखबरसँग भने, ‘त्यसपछि उनीहरुको झुठ छिप्न सकेन ।’

प्रहरीले आमाको मृत्यु भएको झुटो विवरण दिने ४५ वर्षीय शुभनारायण चौधरीसहित ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र ४६ वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध अभद्र व्यवहारको कसूरमा कारबाही हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij