२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुरक्षित तवरले व्यवसायमा संलग्न हुन संघको अपिल

सुरक्षित तवरले व्यवसायमा संलग्न हुन संघको अपिल

विश्वव्यापी रुपमा Covid-19 को महामारीको संत्रासमय वतावरणको बिचमा अत्यावश्यक वस्तु र सेवाहरूको निर्वाध रुपमा वितरण गर्दै निस्वार्थ तथा स्वस्फूर्त देश र जनातको सेवामा समर्पित रहने व्यवसायीहरुलइ सतर्कता अपनाइर मात्र व्यवसाय सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आग्रह गरेको छ ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सबै व्यवसायीहरुलाई आफ्नो मनोबल उच्च राख्दै सावधानी पूर्वक वस्तु र सेवाको वितरण गर्न आग्रह गरेका छन् ।

जिल्ला नगर उद्योग वाणिज्य संघबाट स्वयंसेवी कार्यहरू सम्पादन गर्दा पदाधिकारी, सदस्य तथा कर्मचारीहरू लगायत अत्यावश्यक वस्तु र सेवाहरूको वितरण गर्ने कर्मचारीहरुले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड बमोजिम ग्राहक र व्यवसायी बिच क्इऋक्ष्ब्ी म्क्ष्क्त्ब्ल्ऋभ् कायम राख्दै व्यवसाय गर्नुपर्नेमा अध्यक्षले जोड दिएका छन् ।

यसको अलावा सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दै खोक्दा हाच्छ्युँ गर्दा रुमाल, टिस्स्यु पेपर वा कुहिनाले छोपेर गर्ने, मास्क लगाऊने, ग्राहकहरूलाई साबुन पानी वा स्यानिटाइजरबाट हात सफा गर्न लगाउने र स्वयम आफूले पनि पन्जा प्रयोग गर्ने लगायतका सुरक्षाका उपायहरु अबलम्बन गर्न आग्रह गरेका छन् ।

अहिलेको संत्रासमय र असुरक्षित वतावरणमा समेत सम्पूर्ण उद्योगी व्यवसायीहरुले आम नागरिकको सेवा र सहयोगका लागी सावधानी पूर्वक सक्रिय रहदै गरेको कार्य प्रति हार्दिकता व्यक्त गर्दै उनले व्यावसायिक सुरक्षामा जोड दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij