२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अहिलेको सङ्कट, बजार अवस्था र अबका चुनौती

अहिलेको सङ्कट, बजार अवस्था र अबका चुनौती

सन्तोष पाण्डे, सभापति, प्रचार प्रसार समिति, नेपाल चेम्बर अफ कमर्स

विश्वभर तीव्र रुपमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमणलाई लक्षित गरेर यतिबेला नेपाल लकडाउन गरिएको छ । नेपाल मात्र होइन, विश्वका अधिकांश देशहरुमा अहिले लकडाउन गरिएको छ । राज्यले ठूलो महामारीको रुपमा फैलिन सक्ने कोरोनालाई रोक्नको लागि आह्वान गरेको लकडाउनको कारण अहिले अधिकांश अधिकांश व्यावसायिक तथा सेवामुलक क्षेत्रहरु बन्द छन् । यद्यपि जनजीविकासँग जोडिएका अत्यावश्यकीय सेवा क्षेत्रहरु भने सञ्चालनमा नै रहेका छन् ।

दाल, चामल, नुन लगायतका वस्तुहरु अलि लामै समय सम्म प्रयोग गर्न सकिने अवस्था रहन्छ । जहाँसम्म प्रशोधित जुस, जाम, फास्टफुडजन्य वस्तुहरु छन्, ती वस्तुहरु किन्ने अवस्थामा भने उपभोक्ता आफैं पनि सजग हुनु जरुरी रहन्छ । अहिले उपभोक्तामा सजगता समेत निकै नै बढेको छ । बजारमा समस्या न्यूनीकरणको लागि नेपाल सरकारले अनुगमनलाई प्रभावकारी बनाउनु पनि त्यत्ति जरुरी रहन्छ । यसको अलावा व्यवसायीहरु आफैंले समेत सतर्कता अपनाउँदै आफ्ना गतिविधिहरु सञ्चालन गर्नु जरुरी छ ।

प्रयाप्त छ उपभोग्य सामाग्री 
यद्यपि बजारमा आवश्यकता बमोजिम खाद्यान्न लगायतका आवश्यक दैनिक उपभोग्य सामाग्रीहरु भने तत्कालको लागि उपलब्ध छन् । काठमाडौं लगायतका ठूला शहरमा अहिले जनघनत्व समेत विगतको तुलनामा निकै नै कम भएको छ । यसकारण बजारमा हाहाकार हुने हो कि भनेर आत्तिनुपर्ने अवस्था भने छैन ।

नेपाल चेम्बर अफ कमर्स लगायतका व्यावसायिक प्रतिनिधिमूलक संस्थाहरुको अनुमानमा अहिले बजारमा करिब ६ महिनालाई पुग्ने दाल, चामल, तेल लगायतका वस्तुहरु गोदाममा उपलब्ध छन् । उता नेपाल सरकार मातहतको साल्ट ट्रेडिङ कर्पोरेसनले तत्कालको लागि आवश्यक पर्ने नुन समेत प्रयाप्त मौज्दात रहेको बताइसकेको छ । यसकारण तत्काल बजारमा उपभोग्य वस्तु अभाव हुने हो कि भनेर उपभोक्ता चिन्तित हुनुपर्ने अवस्था छैन । यद्यपि कम जनशक्तिबाट नै काम गर्नुपर्ने अवस्था रहेको कारण सामान एक ठाऊँबाट अर्को ठाऊँमा पुर्याउने क्रममा लोडअनलोडको लागि प्रयाप्त जनशक्ति नभएको कारण सेवा प्रवाहमा असहता भने अवश्य छ ।

अहिले व्यावसायिक क्षेत्रमा संलग्न व्यवसायीहरुले कम जनशक्तिबाट नै काम गर्नुपर्ने अवस्था छ । विगतमा भूकम्प तथा नाकाबन्दीको समयमा बजारमा देखिएको कालोबजारी तथा व्यापारीबाट हुने गैरजिम्मेवारपूर्ण भूमिकालाई लक्षित गर्दै अहिले सरकारले व्यवसायीहरुलाई जिम्मेवार बनाउँदै काम गर्ने वातावरण बनाउन भरसक प्रयाश गरिरहेको छ । यसको अलावा व्यवसायीहरु पनि आफूले उपलब्ध गराउने सेवालाई सक्दो प्रभावकारी बनउनको लागि विशेष पहल गर्दै आइरहेका छन् ।
सेवाको गुणस्तरीयता कायम गर्न जोड 

कतिपय व्यक्तिहरुमा यस्तो सङ्कटको बेलामा गुणस्तरहीन र मिति गुज्रिएका सामानहरु किन्नुपर्ने अवस्था सृजना हुने हो कि भन्ने शङ्का समेत उत्पन्न भएको पाइन्छ । यद्यपि दाल, चामल, नुन लगायतका वस्तुहरु अलि लामै समय सम्म प्रयोग गर्न सकिने अवस्था रहन्छ । जहाँसम्म प्रशोधित जुस, जाम, फास्टफुडजन्य वस्तुहरु छन्, ती वस्तुहरु किन्ने अवस्थामा भने उपभोक्ता आफैं पनि सजग हुनु जरुरी रहन्छ । अहिले उपभोक्तामा सजगता समेत निकै नै बढेको छ । बजारमा समस्या न्यूनीकरणको लागि नेपाल सरकारले अनुगमनलाई प्रभावकारी बनाउनु पनि त्यत्ति जरुरी रहन्छ । यसको अलावा व्यवसायीहरु आफैंले समेत सतर्कता अपनाउँदै आफ्ना गतिविधिहरु सञ्चालन गर्नु जरुरी छ । यदि कुनै व्यवसायीबाट सङ्कटको घडीमा सरकार र व्यावसायिक संस्थाको आग्रहलाई नटेरी ग्राहकको स्वास्थ्यमा खेलवाड गर्ने अवस्था सृजना भएको पाइए त्यस्ता व्यक्ति, फार्म वा सदस्यलाई सम्बन्धित व्यावसायिक संस्थाबाट सदस्यता खारेज गरी आवश्यक कारवाहीको लागि हामीले नै सिफारिस गर्छौं ।

सहज बन्दैग्यासको उपलब्धता 
अहिले यतिबेला नेपालमा ग्यास खपत विगतको तुलनामा निकै नै घटेको छ । व्यावसायिक प्रयोजनको लागि ग्यास आवश्यक पर्ने होटल, रेष्टुरेन्ट लगायतका संस्थाहरु अहिले बन्द भएका छन् । साथै उपत्यकामा मानिसको चाप समेत घटेको छ । अहिले पनि ग्यासको आयात निरन्तर भइरहेको कारण ग्यासको उपलब्धता सहज बन्दै गएको हो । यसलाई हेर्दा अहिलेको अवस्था कायम रहेमा ग्यासको उपलब्धतामा समस्या हुने अवस्था देखिँदैन ।

सरकारको सहयोगले सेवा प्रवाह सहज
अहिले नेपाल सरकारले व्यवसायीहरुलाई सेवा प्रवाहको लागि सहयोग नै गरेको छ । काममा सहजता ल्याउनको लागि आवश्यकता बमोजिम पास उपलब्ध गराएको अवस्था छ । जसले गर्दा व्यावसायिक तवरले काम गर्ने संस्था वा कम्पनीलाई काम गर्ने क्रममा आवतजावतमा असहज छैन । यद्यपि थोरै जनशक्तिमा काम गर्नुपर्दा सामान ढुवानीमा केही समस्या व्यवसायीहरुले पनि भोग्नुपरेको छ ।

अबका चुनौती 
नेपालमा मात्र नभई विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसले पु¥याउने नोक्सानी के कति होला भनेर अहिले नै आँकलन गर्न सकिने अवस्था छैन । अवस्था दिनानुदिन अझ भयावह हुँदै गएको छ । बाह्य मुलुकहरु र भारतलाई समेत हेर्दा पनि लकडाउनको अवस्था अझै लम्बिने पक्का जस्तै छ । कोरोना सङ्क्रमणबाट उत्पन्न सङ्कट जति बढ्दै जान्छ, अर्थतन्त्र त्यत्ति नै कमजोर बन्दै जाने अवस्था छ । यसबाट सरकार, व्यवसायी, जनता सबैलाई असर पर्ने अवस्था छ ।

अहिले यतिबेला नेपालमा ग्यास खपत विगतको तुलनामा निकै नै घटेको छ । व्यावसायिक प्रयोजनको लागि ग्यास आवश्यक पर्ने होटल, रेष्टुरेन्ट लगायतका संस्थाहरु अहिले बन्द भएका छन् । साथै उपत्यकामा मानिसको चाप समेत घटेको छ । अहिले पनि ग्यासको आयात निरन्तर भइरहेको कारण ग्यासको उपलब्धता सहज बन्दै गएको हो । यसलाई हेर्दा अहिलेको अवस्था कायम रहेमा ग्यासको उपलब्धतामा समस्या हुने अवस्था देखिँदैन ।

सङ्कटको सामना कसरी गर्ने ?
अबको अवस्थालाई हामी सबैले शाहस, आँट, उच्च मनोबल र धैर्यताबाट मात्रै सामना गर्न सक्छौं । हामीले विश्वका अन्य देशहरुबाट त्यहाँका विभिन्न घटनाहरुबाट पाठ सिक्दै त्यहाँ अपनाइएका विधि र प्रविधिलाई आत्मसात् गर्दै आपसी सहकार्यबाट मात्र यस विपत्तिको सामना गर्न सक्छौं । सदैव आशावादी नै रहनुपर्छ । हरेक दिन पछि रात र रात पछि दिनलाई जसरी स्वभाविक रुपमा लिइन्छ, त्यसरी नै हामीले यस विपत्तिबाट पनि हाम्रो महान अवसरको रुपमा बदल्ने शक्ति हासिल गर्नेछौं । हरेक समस्यामा त्यसै बराबरको सम्भावना पनि लुकेको हुन्छ भन्ने कुरालाई ख्याल गर्दै हामी जहाँ जुन अवस्थामा छौं, त्यहीँबाटै आफ्नो कर्तव्यपथमा निरन्तर लागौं । अब हामीले आत्तिएर अथवा राज्यले ल्याएका नीतिनियमहरुको अवज्ञा गरेर नभई ती नियमहरुको पालना गर्नुको अलावा सम्भव भएसम्म व्यावसायिक एवं आत्मअनुशासनका थप विधिहरु समेत पालना गरेर हाम्रा क्रियाकलापलाई अघी बढाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij