२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रयाप्त पिउने पानी घरघरमा उपलब्ध गराउन सफल छौं : व्यवसायी भण्डारी

प्रयाप्त पिउने पानी घरघरमा उपलब्ध गराउन सफल छौं : व्यवसायी भण्डारी

मुलुकले कोरोना भाइरसको त्रास सामना गरिरहेको र नेपालीहरु घरमा नै सीमित हुनुपरेको अहिलेको अवस्थामा पनि उपभोक्ताहरु भने अहिले सम्म न्यूनतम सुविधाबाट वञ्चित भएका छैनन् । यस कार्यमा नेपालमा आपुर्ति व्यवसायमा संलग्न विभिन्न क्षेत्रका व्यवसायीहरुले निरन्तर रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गरी महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । दैनिक उपभोग्य वस्तुहरु मध्ये पिउने पानी पनि एक हो । अहिलेको अवस्थामा सहज रुपमा पिउने पानी उपलब्ध गराउन नेपाली पानी उद्योगहरु सफल रहेको बताउँदै नेपाल वोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले आफ्नो धारणा व्यक्त गर्नुहुन्छ ।

ऊहाँका अनुसार अहिले बजारमा सञ्चालनमा रहेका विक्रेता (पसल)हरु अधिकांश बन्द भएको कारण व्यवसायीहरु आफैं नै घरघरमा पुगेर सेवाग्राहीलाई सेवा प्रवाह गर्नमा तल्लिन छन् । त्यो पनि विगत भन्दा आधा सस्तोमा ।

कोरोना भाइरस विश्वव्यापी सङ्कट भएको कारण यसबाट उत्पन्न भएको विषम परिस्थिति सामना गर्न उद्योगी व्यवसायीले यतिबेला सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले कम मुनाफामा वोटलमा विगतमा २० रुपियाँमा विक्री हुँदै आएको पानी अहिले १० रुपियाँमा नै विक्री गरिरहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

नेपाल सरकारले समेत अहिलेको परिस्थिति जटिल रहेको र यस्तो अवस्थामा सबै पक्ष जिम्मेवार हुनुपर्ने र आपुर्ति व्यवस्थालाई सुचारु बनाइराख्न पानी उद्योगी लगायतका सबै व्यवसायीहरुलाई आग्रह गर्दै आएको अवस्थामा संघले सबै सदस्य उद्योगहरुलाई थप जिम्मेवारपूर्ण तवरले काम गर्न विशेष पहल गरेको अध्यक्ष भण्डारीले सेतोघर डट कम सँगको कुराकानीमा बताउनुभएको छ ।

अध्यक्ष भण्डारीको अनुसार अहिले विगतको तुलनामा करिब ५० प्रतिशत व्यापारमा कमी आएको छ । मानिसहरु ठूलो संख्यामा उपत्यकाबाट बाहिरिएको अवस्थामा आपुर्ति कार्यमा त्यति कठिनाइ नभए पनि सेनिटाइजर मास्क लगायतका आवश्यक सुरक्षा उपकरणको अभावमा त्रासपूर्ण वातावरणमा नै काम गर्नुपर्ने बाध्यता भने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij