२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राप्रपाका पूर्वसहकोषाध्यक्ष सुवेदीको निधन

राप्रपाका पूर्वसहकोषाध्यक्ष सुवेदीको निधन

काठमाडौं । राप्रपाका पूर्व मुख्यसचिव तथा सहकोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित ६५ वर्षीय सुवेदीको आइतबार अमेरिकाको ड्यालसमा निधन भएको हो ।

तत्कालीन राप्रपा नेपालमा मुख्यसचिवको भूमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्वसहकोषाध्यक्ष समेत बनेका थिए। लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए ।

निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उनको निजी सचिवालयमा रहेर काम गरेका थिए ।

सुवेदीको निधनमा राप्रपा अध्यक्ष कमल थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सुवेदीका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij