२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कल्याणकारी स्वयंसेवक संघबाट घरघरमै खाद्यान्न वितरण

कल्याणकारी स्वयंसेवक संघबाट घरघरमै खाद्यान्न वितरण

काठमाडौं। (WVAN)कल्याणकारी स्वयंसेवक संघ नेपालद्वारा कोहि”भोको” नरहुन अभियान अन्तर्गत १५ विपन्न तथा शारीरिक असक्तता भएका व्यक्तिलाई घरघरमै गएर खाद्यान्न लगायत अत्यावश्यक सामाग्री वितरण गरिएकोछ।

कोरोना भाइरसको त्रासदीपूर्ण अवस्था यो लकडाउनको आवश्यक समय दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका चरम गरीबीको रेखामुनि रहेको परिवारलाई कोरोनाको त्रास त छदैछ त्यो संगै आयस्रोत बन्द हुनाले आफ्ना बालबच्चालाई कसरी खानाको जोहो गर्ने सबैभन्दा ठुलो पिरलो रहेकोछ। कतिको घरमा चुल्हो बल्न छाडेको ३/४ दिन भइसकेको थियाे।

यस्तो अत्यन्तै दु:खदायी अवस्थामा रहेका परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरि उनीहरूलाई “भोकै” बस्नुपर्ने बाध्यताबाट छुटकारा दिलाउने अभियानमा लागेका छन् WVAN का केन्द्रिय अध्यक्ष अक्कल तामाङ लगायत संस्थाका पदाधिकारीहरु, जसले हिजो साँझ विभिन्न जिल्लामा घर भइ बूढानीलकण्ठ नगरपालिका-११, कपनटार, सुर्योदय टोल भित्र टहरामा बसोबास गर्ने अत्यन्तै विपन्न परिवारलाई खाद्यान्न लगायत अत्यावश्यक सामाग्री वितरण गरेको छ।

बूढानीलकण्ठ-११ कि वडासदस्य भगवती निरौला, पूर्व गाविस अध्यक्ष तथा समाजसेवी मिठाराम अधिकारी,समाजसेवी संगीता पन्तको उपस्थितिमा संस्थाका केन्द्रिय अध्यक्ष अक्कल तामाङ र सचिब शंकरराज न्यौपानेले ती विपन्न र शारीरिक असक्तता भएका व्यक्तिहरुलाई खाद्यान्न प्रदान गरेका हुन्।

जसअनुसार संखुवासभा घर भई बूढानीलकण्ठ-११ बस्ने बर्ष २८ कि डिकि शेर्पा, बर्ष ५२ कि निमा शेर्पा, सिन्धुली घर भइ कपन बस्ने बर्ष २७ कि ज्ञानु तामाङ, उदयपुर घर भइ सोही ठाँउ बस्ने बर्ष ५६ को मदन तामाङ,रामेछाप घर भइ त्यहीँ बस्ने बर्ष २० को (अनाथ) राम माझी, संखुवासभा घर भइ कपन बस्ने बर्ष ४६ को शान्ति राई, खोटाङ घर भइ सोही ठाँउ बस्ने बर्ष ३६ को शान्ति बिक, रामेछाप घर भइ  सोही ठाँउ बस्ने बर्ष ५७ को छत्रबहादुर मगर, भोजपुर घर भइ त्यहीँ बस्ने बर्ष ४९ कि अस्मिता कार्की, राजु कार्की, खोटाङ घर भइ सोही ठाँउ बस्ने बर्ष ४६ को शान्तिनाथ राई( शारीरिक अशक्त), ओखलढुंगा घर भइ सोही ठाँउ बस्ने बर्ष ३२ को टेकबहादुर बुढाथोकी (शारीरिक अशक्त) लाई चामल१/१ बोरा, तेल, नुन, दाल र नुहाउने साबुन एकएक वटा वितरण गरिएको हो।

त्यस्तै आज बिहान बिरगंज पर्सा घर भइ बूढानीलकण्ठ-११ बस्ने बर्ष २७ को बिरेन्द्र ठाकुर, र नुवाकोट घर भइ रामहिटी बस्ने बर्ष ३०कि  माया गुरुङलाई  WVAN बूढानीलकण्ठ नगर अध्यक्ष गणेश मिश्र, सचिव शंकरराज न्यौपाने र राजन श्रेष्ठलेले खाद्यान्न सामाग्री प्रदान गरेका छन्। यस्तो भयावह अवस्थामा राजनैतिक विचार भन्दा माथि उठेर मानवीय भावनाबाट सेवा पुर्‍याउनु नै अहिलेको आवश्यकता रहेको अध्यक्ष मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij