हिजोको कार्यक्रम लाई निरन्तरता दिदै आज चैत्र २२ गते शनिबार पनि नेपाल बितरक संघ को काठमाडौ पश्चिम् क्षेत्रीय समितिले केन्द्रीय कार्यसमिति सदस्य लोकेश्वरमान जोशीको संयोजकत्वमा क्षेत्रीय संयोजक सुरेश ढुंगाना उपसंयोजक केशव मैनाली तथा क्षेत्रीय सद्स्यहरु उमेश फुयाँल , योगेन्द्र श्रेष्ठ ,कृष्ण खनाल, कपिल रेग्मी र राम कार्कीको रोहवरमा महाराजगन्ज महानगरीय प्रहरी बृत ,धापासी बसुन्धारा महानगरीय प्रहरी प्रभाग, सोहखुट्टे ट्राफिक कार्यालय, कालिमाटी ट्राफिक कार्यालय र नयाँबसपार्क महानगरीय प्रहरी प्रभागका कार्यालय प्रमुखहरुलाई अलग-अलग भेटी सेनिटाइजर ५ लिटर र Dettol को हात धुने साबुन १ कार्टुन बितरण गरेकाे छ ।

देशमा उत्पन्न यस विषम परिस्थितिमा बितरण गरिएका यी सरसफाइजन्य वस्तुहरुले निरन्तर खटिने राष्ट्रसेवक कर्मचारीकाे मनाेवल उच्च बनाइराख्न समेत सहयाेग पुग्ने अपेक्षा राखिएकाे छ । साथै तत्काल २ दिनकाे लागि तय गरिएकाे सहयाेग वितरण कार्यक्रम पहिलाे चरण अन्तरगत अाज सम्पन्न भएकाे समेत बताइएकाे छ । अागामी दिनमा नयाँ सहयाेग प्याकेज सहित प्रस्तुत हुने संयाेजक लाेकेश्वरमान जाेशीले बताए ।
कार्यालय प्रमुखहरु सँगकाे भेटमा जाेशीले बजारमा अति आवस्यक बस्तुहरुको सहज आपुर्ती समेत अहिले चुनौतीकाे विषय बनाएकाे बताएका थिए । प्रतिउत्तरमा सम्पुर्ण कार्यालय प्रमुखहरुले अत्यावश्यव वस्तु बितरणमा सलग्न ब्यबसायिहरुलाई दुख दिनेअाफुहरुकाे कुनै पनि उद्देश्य नहेरेको उल्लेख गर्दै संक्रमणको जोखिम बीच बजारमा अति आवस्यक बस्तु उपलब्ध गराउने व्यक्तिहरुकाे सराहना गर्दै सुरक्षित व्यबसायिक वातावरण तयार गर्न सबै पक्षकाे सहयाेग अावश्यक रहेकाे जानकारी प्राप्त भएकाे थियाे ।
