२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोना संक्रमितको संख्या ११ लाख नजिक

कोरोना संक्रमितको संख्या ११ लाख नजिक

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका संक्रमितको संख्या झण्डै ११ लाख पुगेको छ ।  जोन हाप्किन्स युनिभर्सिटीले शनिबार बिहान साढे ५ बजेसम्मविश्भरी१० लाख ९५ हजार नौ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

महामारीकाकारण विश्वभर अहिलेसम्म ५८ हजार सात सय ८७ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । त्यस्तै दुई लाख २५ हजार संक्रमित उपचार पछि निको भएका छन् ।

विश्वभरीमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी  प्रभावित पाँच देश छन् ।

१) इटली–अहिलेसम्म १४ हजार छसय ८१ को मृत्यु, एक् लाख १९ हजार आठ सय २७ संक्रमित ।

२) स्पेन– ११ हजार एक सय ९८ को मृत्यु, एक लाख १९ हजार एक सय ९९ संक्रमित ।

३) अमेरिका– सात हजार ८७ को मृत्यु, दुई लाख ७५ हजार पाँच सय ८६ संक्रमित ।

४) फ्रान्स– छ हजार पाँच सय २० को मृत्यु, ६५ हजार दुई सय दुई संक्रमित ।

५)बेलायत– तीन हजार छसय पाँचको मृत्यु, ३८ हजार छसय ८९ संक्रमित ।

यसैबीच द्धिमेकी मुलुक भारतमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय ४७ पुगेको छ । भारतमा ६२ जना संक्रमितको मृत्यु भइसकेको परिवार कल्याण एवं स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार भारतमाएक सय ६२ जना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij