यतिबेला लकडाउनको कारण सडक, पसल र बजार सुनसाल छ । मानिसहरुको चहलपहल अत्यन्त न्यून छ । अत्यावश्यक बाहेक अन्य संस्था बन्द छन् । नेपाल लगायत विश्व बजार यसबाट तरंगित बनिरहेको छ यतिबेला ।
लकडाउनको समयमा औषधी पसलहरुमा आफ्ना नियमित बिरामी समेत पुग्न मुस्किल परिरहेको छ । घरमै थुनिएका बिरामिहरुलाई समेत औषधि पसल सम्मपुग्न समस्या परिरहेको छ । यो समस्यालाई मध्यनजर गर्दै, नेपालको औषधिहरु खोजि गर्ने चर्चित साईट www.medshala.com ले फार्मेसी र क्लीनिकहरु लिस्ट गर्न मिल्ने फिचर लिएर आएको छ ।
उता बिरामीहरुले समेत आफ्नो लोकेशन अनुसार Find Pharmacy फिचर प्रयोग गरि फोर्मेसी तथा क्लिनिक खोजी गर्न सक्दछन् र घरछेउकै औषधि पसलसँग सेवा लिन सक्दछन् ।
mभमकजबबि।अयm को नयाँ फिचर प्रयोग ३ स्टेपमा सकिने छ
स्टेप १
औषधि पसल तथा क्लीनिक कानुनी तरिकाले दर्ता गरिएको हुनुपर्छ ।
स्टेप २
कानुनी रुपमा दर्ता गरिएका औषधि पसल तथा क्लीनीकहरुले www.medshala.com मा गएर List Pharmacy मा गएर एउटा Online form भर्नुपर्छ र त्यसलाई क्गदmष्त गर्नुपर्छ । त्यसरी Submit गरिएका फर्मलाई www.medshala.com ले Approve गर्नुपर्छ ।
स्टेप ३
अब बिरामीहरुले घरमै बसेर आफु नजिकै फार्मेसी तथा क्लीनीकहरु खोजी गर्न र सम्पर्क गर्न सक्दछन् ।
medshala.com का Founder/CEO सन्तोष तिवारी का अनुसार फार्मेषी तथा क्लिनीकहरुको डिजिटल प्लेटफर्म बनाउने प्रयासमा यो पहिलो पाईला हो र यसलाई अहिले सामान्य रुपमा विकसित गरिएको छ । समय र मागअनुसार परिमार्जन गर्दै लैजाने योजना मेडशाला टीमले बनाएको छ । अहिले भईरहेको कोरोना महामारी र लकडाउनको सम्वेदनसिल तथा जटिल परिस्थितिमा आफूहरुले विकास गरेको नयाँ फिचरलाई प्रयोग गरि बिरामी तथा फार्मेसीहरुले प्रयोग गरी फाइदा लिन सक्नेछन् ।
हाल यस्मा ५० को हाराहारीमा फार्मेसीहरु आबद्द भएका छन् भने, हजारौं औषधीहरुको खोजी गर्न सकिन्छ । यसका साथै स्वास्थ्य क्षेत्रको रोजगारी, आर्टिकल्स र अन्य थुप्रै सेवाहरु समेत सजिलै लिन सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij