२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सरकारले ल्याएको राहत प्याकेजको ग्रील महासंघद्वारा स्वागत

सरकारले ल्याएको राहत प्याकेजको ग्रील महासंघद्वारा स्वागत

प्रभावकारि बनाउन महासंघकाे पनि साथ रहने

विश्वमा तिव्र रुपले फैलिरहेको कोरोना भाइरसकाे महामारीबाट स‌ंसार त्रासमय बनिरहँदा  नेपालमा समेत कोरोना भाइरसको प्रवेश भएकोछ।  नेपाल सरकारले यस प्रकोपबाट बच्न लकडाउन घोषणा गरेको छ ।

चैत्र २५ गते सम्म लकडाउनको समायावधी कायम गरिएकाे यस परिस्थितिमा लघु घरेलु तथा साना उध्योगहरुले निकै नै नराम्रो परिस्थिति भाेग्नुपरेकाे छ । यसबाट उध्योग ब्यवसायमा काम गर्ने श्रमिकहरु अझ बढी प्रभावित भएकाछन्  ।

दैनिक जसो कमाएर घरपरिवार चलाउने श्रमिकहरुलाई अहिले कोरोनाले भन्दा पनी भोक भोकै मरिन्छ कि भन्ने चिन्ताले पिरोल्न थालेको छ। लकडाउन गर्नु सरकार जनता एवं व्यवसायी लगायत सबैको बाध्यता भएकाे र यसबाट बच्न सबैले धैर्यतापुर्वक कदम चाल्नुपर्नेमा ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालले जाेड दिएकाे छ ।

महासंघका अध्यक्ष माेहन कटुवालले एउटा विज्ञप्ति जारी गर्दै यस्तो विषम अवस्थामा  विभिन्न पेशा ब्यवसाय र संगठनको नेतृत्वदायी भुमिकामा रहेकाहरुले आफ्नो पेसा ब्यवसाय र संगठनमा रहेका ब्यवसायी, श्रमिक र आश्रीत परिवारको हितलाइ ध्यानमा राखेर बर्तमान परिस्थितिको सामना गर्न सबैलाइ उत्प्रेरित गर्नुपर्ने जिम्मेवारी आइपरेको बताउँदै संकटको यस घडिमा सरकार एक्लैले मात्र सबै काम गर्न सम्भब नभएकोले  ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको तर्फबाट पनि यस  क्षेत्रमा कार्यरत श्रमिकहरुलाई लकडाउन अवधिमा भोकै बस्न नदिन र सकटमा परेका श्रमिकहरुको यकिन पहिचान गरि उनिहरुलाइ न्युनतम राहत सामाग्रीहरु उपलब्ध गराउने प्रतिवद्दता जनाउनुभएकाे छ ।

साथै नेपाल सरकारले घोषणा गरेको राहत सामाग्रीहरु लक्षित बर्गले सहज किसिमले पाउन सक्ने अवस्था सृजना गर्नुपर्नेमा समेत महासंघले जाेड दिएकाे छ । साथै राहतको आवस्यकता परेका श्रमिकहरुको तथ्यांक तयार गरि स्थानिय सरकारलाइ सहयोग गर्न र आफ्नो  उध्योगलाइ चैत्र २६ गते सम्म बन्द राखेर लकडाउनको पुर्ण पालना गर्न समेत आग्रह कटुवालले अाग्रह गर्नुभएकाे छ ।

यसकाे साथै सरकारले चैत्र १६ गते कोरोना भाइरसबाट प्रभाबित उध्योगी, व्यापारी ब्यवसायी र आम नेपाली जनताको हितलाइ ध्यानमा राखी ल्याएको राहतको कार्यक्रम ( बैकको ब्याज तथा किस्ता असार मसान्त सम्म तिर्न ,घरभाडा छुट, वैद्युतमा २५ प्रतिसत छुट असगठित क्षेत्रका श्रमिकलाइ राहत लगायत)का प्याकेजहरुकाे स्वागत गरेकाे कुरा समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij