काभ्रे स्थित साँगाकाे नाशिकास्थानका होटल व्यवसायी अमृत कार्की र कृष्णविजय श्रेष्ठले कोरोना भाइरसबाट स्थानीयहरुलाइ सुरक्षित बनाउन र विपत व्यवस्थापनमा सहयाेग पुर्याउने उद्देश्यले आफ्नो लहरीखर्क रिसोर्ट नामक होटललाई क्वारेइन्टाइनका लागि सरकारले प्रयोग गर्न सक्ने बताएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको माहामारीबाट नागरिकलाई जोगाउन सबैको कर्तव्य रहेको भन्दै त्यस कार्यमा अाफूहरु पनि सहयाेग गर्न तयार रहेकाे बताएका हुन् ।

विपत्ति र भवितव्य सामना गर्न सबै तयार हुनुपर्ने बताउँदै उनले भने ‘हामी जे सक्छौं, याे सरकार र नागरिकलाई सघाउने बेला हो, अहिले सरकारले देशलाई लकडाउन गरेको छ ।
सबै जना घर भित्र बसेर यो निर्णयलाई कार्यान्वय गरौं ।’
पद्म्मज्योती फाउन्डेसन, फ्युजन नेपाल र 100´S ग्रुपका स्वयंसेवक तथा कृषि पर्यटन उद्यमी कृष्णविजय श्रेष्ठले सेताेघर डट कमसँग कुराकानी गर्दै नेपाल सरकारलाई आफुहरुबाट जनचेतना जागरण लगायत अाफुहरुबाट सबै किसिमकाे सहयाेग उपलब्ध हुने समेत बताएका छन् ।
उनीहरुले हाल क्वारेइन्टाइनका लागि ७ वटा कोठा खाली रहेको र त्यसमा यस आपतकालिन समयमा विपदमा परेका नेपाली तथा विदेशीलाई रुम निशुल्क दिन सकिने कार्की र श्रेष्ठले बताएका हुन् ।
‘कोरोना भाइरसको महामारी रोक्न देशको साधन श्रोत अपुग भएको खण्डमा हाम्रा होटलहरु पनि क्वारेइन्टाइन बनाउन सरकारलाई उपलब्ध गराउँछौं,’उनीहरुले भने ।
यसकाे अलावा थप जानकारी तथा सहयाेगकाे लागि 9851080417 मा अमृत कार्की र 9849344777 मा कृष्णविजय श्रेष्ठलाइ अन्लाईन भाइबर तथा माेबाइल माफत कुरा गर्न सकिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij