२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सेञ्चुरी बैंकलाई सम्झाैता कार्यान्वयन गर्न भ्यालुयर्सको चेतावनी

सेञ्चुरी बैंकलाई सम्झाैता कार्यान्वयन गर्न भ्यालुयर्सको चेतावनी

नेपाल भ्यालुयर्स एसोसिएसनले मूल्यांकन क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजाने र व्यावसायिक एकता कायम गर्ने योजना बमोजिम विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

मूल्यांकनमा एकरुपता ल्याउने योजना बमोजिम नेपाल बैंकर्स एसोसिएसन र नेपाल भ्यालुयर्स एसोसिएसन बीच सर्भिस एग्रिमेन्टमा भएको सहमति अहिले अधिकांश बैंकले लागु गरेपनि सेन्चुरी बैंकमा भने अझै कार्यान्वयनमा आउन सकेको छैन ।

भ्यालुयर्स एसोसिएसनले पटक–पटक सम्झौता कार्यान्वयनको लागि विभिन्न समयमा आग्रह गर्दै आएको भएपनि सेन्चुरी बैंकमा भने अझै कार्यान्वयनमा आउन सकेको छैन ।

सोहीकारण सेन्चुरी बैंकमा विगतको एग्रिमेन्ट लागु गराउनको लागि विभिन्न चरणगत रुपमा पहल गर्ने सम्बन्धमा फागुन १५ गतेको निर्णयबमोजिम आज सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

संघले विगतको सम्झौता लागु नभएमा आगामी चैत्र २० गते सेञ्चुरी बैंकका केन्द्रीय तथा साखा कार्यालयहरुमा विभिन्न आन्दोलन गर्ने र आवश्यक परे सबै शाखाहरुमा मूल्यांकन बन्द गरी थप दवाव सृज ागर्ने योजनामा समेत आफूहरु रहेको गर्ने नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ऋषि कोइरालाले सेतोघर डट कमलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij