२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चिल्ड्रेन हेराल्ड एकेडेमीले मनायो १७ औं बार्षिकोत्सव

चिल्ड्रेन हेराल्ड एकेडेमीले मनायो १७ औं बार्षिकोत्सव

चिल्ड्रेन हेराल्ड एकेडेमीको १७ औं बार्षिकोत्सव कार्यक्रम शनिवार भव्यतापूर्वक सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नंम्बर ८, शान्तिटोलमा सञ्चालनमा रहेको उक्त विद्यालयले आयोजना गरेको बार्षिक कार्यक्रमको अवसरमा विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि, भद्रभलाद्मी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा तारकेश्वर नगरपालिका नगर शिक्षा शाखाका प्रमुख होमनाथ न्यौपानेको अलावा तारकेश्वर वडा नम्बर ८ का अध्यक्ष मनोज घिमिरेको समेत उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले चिल्ड्रेन हेराल्ड ले छोटो अवधिमा नै गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा राम्रो सफलता हासिल गर्न सफल रहेको बताउँदै अबका दिनमा अझ राम्रो तवरले आफ्ना गतिविधिहरु सञ्चालनको लागि आग्रह गर्नुभयो ।


नगर शिक्षा शाखाका होमनाथ न्यौपानेले चिल्ड्रेन हेराल्डले गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा अग्रणी स्थानमा रहँदै आएको बताउँदै विद्यार्थी र अभिभावकको चाहना बमोजिम शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कार्यमा विद्यालय निरन्तर पहलरत रहेको समेत बताउनुभयो ।

अबका दिनमा विद्यालय बालमैत्री र प्रविधिको प्रयोगलाई जोड दिनुपर्नेमा समेत न्यौपानेले जोड दिनुभएको छ । अहिले तारकेश्वर क्षेत्रबाट महानगर क्षेत्रमा सञ्चालित थुप्रै विद्यालयका बसहरुले ठूलो सङ्ख्यामा विद्यार्थीहरु ओसारिरहेको बताउँदै अबका दिनमा ती विद्यार्थीहरुलाई स्थानीय विद्यालयमा नै रोक्नको लागि कसरी अघी बढ्ने भन्ने रणनीति सहित स्थानीय विद्यालयहरु अघी बढ्नुपर्ने बताउनुभयो ।


उक्त कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विभिन्न विद्यार्थीहरुले आफूमा विकास भएका विभिन्न प्र्रतिभाहरुको प्रस्तुति गरेका थिए । आफ्ना बाबुनानीहरुले विभिन्न प्रतिभा प्रस्तुत गर्दा अभिभावकहरु निकै नै प्रफुल्लित भइरहेका थिए ।

विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीको विद्यार्थी तथा अभिभावकहरुलाई सम्बोधन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा आफूहरु निरन्तर रुपमा समर्पित रहँदै आएको बताउनुभयो ।

पछिल्लो समय विद्यालयले स्वदेशी मात्र नभई विदेशी अवार्ड समेत प्राप्त गर्न सफल हुनु आफूहरु सबैको निकै महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । भर्खर प्राप्त भएको इन्टरनेशनल स्कुल अवार्डले आफूहरुलाई नयाँ तवरले शैक्षिक गतिविधिहरु सञ्चालन गर्नको लागि अझ व्यवस्थित रुपमा अघी बढ्न थप हौसला प्रदान गरेको समेत ज्ञवालीले बताउनुभयो ।


कार्यक्रममा सहभागि अतिथिहरुलाइ विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले टोकन अफ लभ प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij