प्रथम ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको हो।उक्त कार्यक्रम नेपाल फुल कन्ट्याक्ट कराते महासंघ, नेपाल बालकुमारी क्याेकुशिन कराते संघ डाेजाेकाे आयाेजनामा भएको थियो।फाल्गुन १६ र १७ गते मंगलबजार ललितपुरमा सन्चालन भएको थियो।
प्रतियोगितामा महिला तर्फ ५०-देखि ५५ केजी तथा खुल्ला ताैल प्रतिस्पर्धामा नुवाकोट बेलकाेटगढी नगरपालिका वडा नं.४को खेलाडी रन्जिता गुरुङले रजत पदक प्राप्त गरेको थियो।खेलको फाईनलमा साे क्याेकुशन करातेकाे खेलाडी दिपा शाहीसंग प्रतिस्पर्धा भएको थियो।प्रतिस्पर्धामा स्तब्ध भएपछि साे प्रतियोगितामा खेलाडी गुरुङ रजत पदकमा सिमित हुन पुगेको थियो।गुरुङले खेल मैदानमा सकुशल खेल प्रतिस्पर्धा गर्दै रजत पदक प्राप्त गर्न सफल भएको थियो।
गुरुङलाई कार्यक्रम आयोजक समितिद्वारा सिल्भर मेडल( shilvar medal) बाट सम्मानित गरिएको थियो।उक्त कार्यक्रममा खेलाडीहरुका साथमा आफ्नो सहभागीता भएर रजत पदक प्राप्त गर्न सफल नुवाकोटको सान आयोजकसामु देखाउन पाएकोमा आफुलाई खुशी लागेको खेलाडी गुरुङले बताए।कार्यक्रमबाट विजेता भएपछि खुशी हुँदै
नुवाकोट बेलकाेटगढी डाेजाे( फुल कन्ट्याक्ट कराते )काे प्रशिक्षक प्रविण गुरुङले खेल जगतमा नुवाकोटको बेलकोटगढीलाई अगाडि बढाई राम्रोसँग खेलाडीगरुका व्यवस्थापन गर्ने बताएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij