२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा २१४७ औं ग्याल्पो ल्होछार दियालेमा आज सम्पन्न

माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा २१४७ औं ग्याल्पो ल्होछार दियालेमा आज सम्पन्न

माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा नुवाकोटको बेलकोटगढी -४ दियालेमा आज ग्याल्पो ल्होछार सम्पन्न भएको छ।उक्त कार्यक्रममा विशेष अतिथि सन्तमान तामाङ,अतिथिहरु,वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र बहादुर लामा लगायतका व्याक्तित्वहरुको उपस्थित रहेका थिए।कार्यक्रमको सभापति निङ्मापा साङ्ग गुम्बाका गुम्बा प्रमुख शेरब लामा।कार्यक्रममा विभिन्न ठाउँबाट मानिसहरूका उल्लेखनीय उपस्थिति रहेका थिए।स्थानीय कलाकारहरुका साथमा राष्ट्रिय स्तरका कलाकारहरुबाट धमाकेदार लोक प्रस्तुति रहेका थिए।त्यस्तैगरि सन्चारकर्मी तथा हास्य कलाकारहरु मिष्टर बिर्खु”करण तामाङ “र एम.जि. तामाङले हास्यास्पद तरिकाले समय अनुकूल प्रतिभा प्रस्फुटन गराएका थिए।हास्य कलाकार एम.जि.तामाङले मायाको कसम तोड्दिन ज्यान गए पनि छोड्दिन “बोलका तामाङ गीतको प्रस्तुती दिएर उपस्थिति माहोलमा हास्यास्पद तरंग साथमा साङ्गितिक प्रस्तुति दिएका थिए।कार्यक्रमका बिशेष अतिथी सन्तमान तामाङले ल्होछारको शुभकामना दिदै आफुले सक्ने किसिमको साथ सहयोग गुम्बालाई गर्ने वचन बद्धतता गरेको हो।

तामाङले कसैले पनि चाडपर्वको नाममा बिकृती ल्याउने किसिमको कार्य गर्न नमिल्ने र सस्कृती रिरिरिवाजलाई जोगाइराख्न आ-आफ्नो ठाउँबाट आ-आफै लागि पर्नुपर्ने समेत बताएका थिए। समेत ।कार्यक्रमका प्रमुख अतिथी बहादुर सिंह लामाले आफ्नो मन्तव्यको क्रममा पर्यटनको विकासका लागि चिम्टेश्वरलाई प्राथमिक दिएर लागे बेलकोटगढी नगरपालिका काठमाडौबाट सबैभन्दा नजिक जिल्ला सुन्दर ठाँउको नमुना बस्ती बनाउन सकिने बताउनु भएको थियो।आर्थिकसामाजिक परिवर्तनको लागि लाग्ने हो भने बास्तबिकता जिवनशैली र सास्कृतिक रितिरिवाज सहज वातावरण कायम गर्न सकिने बताए।प्रमुख अतिथी लामाले तामाङ भाषाको बारेमा लिपि ल्याउनुपर्ने साथै ल्होछारको सबैजनामा शुभकामना दिदै आफ्नो तर्फबाट गुम्बाका लागि सहयोग गरिने समेत बताए।कार्यक्रमका सभापति गुम्बाका प्रमुख शेरब लामाले ल्होछारका बारेमा बिस्तृत बताउनु भएको थियो।भुकम्पबाट क्षेत विच्छेद भएका गुम्बाहरु पुनर्निर्माणका लागि ढिला भैसकेको समेत बताए।नीतिनिर्माता बारम्बार परिवर्तनको समस्याका कारण गुम्बा पुनर्निर्माणका कार्य अगाडि बढाउन नसकिएको स्पष्टीकरण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij