२८५६ औं सोनाम ल्होछारको अवसरमा हुने माघ १८ गते शनिबार गजुरी गाउपालिकाको आयोजनामा हुने ल्होछार कार्यक्रममा हास्यकलाकार एम.जि. तामाङ सहित धेरै कलाकारहरु आउने भएका छन्।उक्त कार्यक्रममा तामाङको साथमा मनमाया वाइबा,स्मृति गौतम,सरोज लामिछाने,मिना लामा,डान्सर बिमला लामा समेत आउने छन्।गजुरी गाउँपालिका -६ जरेखेतमा हुने कार्यक्रममाको मुल नारा “सोनाम ल्होछार समुदायको सास्कृतिक पहिचान।नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न हाम्रो आभियान” रहेका छन्।सोही कार्यक्रम तामाङ समुदायको सास्कृतिक पर्व २८५६ औं सोनाम ल्होछार (जिवा ल्हो)मुसा वर्षको पावन अवसरमा नेपाल तामाङ घेदुङ गजुरी गाउँपालिकाद्वारा आयोजित गरिएको हो।कार्यक्रममा गजुरी बजारमा र्याली,लामा गुरुबाट पाठ प्रवचन तथा पुजा,राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती,लाम तामाङ झल्किने लाम नाच इत्यादी कार्यक्रमहरु हुने आयोजक समितिले सेतोघरलाई बताएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij