शनिबार २८५६औं साेनाम ल्हाेछारकाे अवसरमा आयोजित भलिबल प्रतियोगिता तथा वृहत् साँस्कृतिक कार्यक्रममा लाेकप्रिय हाँस्यकलाकार मिस्टर बिर्खु(करण तामाङ ) , चर्चित म्हेन्दाेमाया गायिका मिना लामा , लाेकप्रिय म्हेन्दाेमाया गायक टेकराज घले लगायतले कार्यक्रममा आफ्नो प्रस्तुति दिएका छन्।कार्यक्रम सुनाैलाे बिहानी युवा क्लब रसुवा नाैकुण्ड १ लाङ्बुकाे आयाेजना तथा नाैकुण्ड गाउँपालिकाले प्रायोजन गरेको थियोे।
कार्यक्रममा प्रमुख अतिथि माननीय माेहन आचार्य ,विशेष अतिथिमा माननीय प्रभात लामा , प्रेम तामाङ तथा अतिथिहरुमा गाउपालिका प्रमुख नुर्बु स्याङ्बाे घले लगायतका रहनु भएको थियोे ।अबकाे ३/४ वर्ष भित्रमा गाेसाइगुण्ड सम्म पुग्ने माेटर बाटाे पक्की बनाईदिने कुरा माननीय आचार्यले कार्यक्रममा सम्बाेधन गर्दै पनि वचनवद्धता पनि गर्नुभएको छ ।कार्यक्रम साेचे जस्तै सफल रहेको कार्यक्रम आयोजकको भनाइ रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij