२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ढुकढुकी साहित्य समाज नुवाकोटमा सिटौला (इरादा) र लामा बिचको मुक्तक दोहोरि।

ढुकढुकी साहित्य समाज नुवाकोटमा सिटौला (इरादा) र लामा बिचको मुक्तक दोहोरि।

नारायण सिटौला(इरादा) + डिल बहादुर लामा


नारायण –
अहिले आउनु भयो नजिक मित्र बनेर।
देखाउनु भा’छ अझ असल चरित्र बनेर।
मन मुटु मिलिन्जेल हातेमालो गर्दै हजुर
नमिलेपछि जानुहुन्छकि दुश्मनि भित्र बनेर।

डिल-
सोच्दै नसोच्नु तपाई ले छुटिने छिन पनि।
झुठो बाचा दिनलाई सक्दिन म दिन गनि।
मित्रताको हाम्रो साइनो यसैगरी रहि रहुन्
जान दिने छैन कहिल्यै नबिर्सिने घिन बनी।

नारायण –
मुखमा रामराम बगलिमा छुरा चलाउने सङ्ग डर हुन्छ।
एकै बचनमा मान्छेको हजुर के भर हुन्छ।
सियो बनि छिरि फालि बनी निस्किन्छन
हरेक मान्छेहरुसङ्ग स्वार्थकै रहर हुन्छ।

डिल-
म त सोझो गाउँले केटो ढाट्नलाई आउदैन।
आश्वासन झुठो कसैलाई लाउदै लाउदैन।
ममाथि साच्चिकै बिश्वास छैन भने तिम्रो अनेक थरी दोषहरु मलाई लाउनै पाउदैन।

नारायण –
अचेल धोका गाउँ गाउँमा हुनेछ।
बिस्वास त्यो र यो ठाउँमा हुनेछ।
मैले विश्वास गरेकोछु हजुर अझ
भनुँ बिश्वास त्यो नाउँमा हुनेछ।

डिल-
गाउँमा मात्रै बिश्वास घात हुनै सक्दैन।
पानी नभएरै खोली हेर कदापी बग्दैन।
सिधा सादा गाउलेमाथी आरोप नलगाउ
तर जसले जेसुकै भने पनि सत्य डग्दैन।

नारायण –
अब हामी दाजु भाइ बन्नुपर्छ मिलेर जानुपर्छ।
एकजना रोग भए अर्को दबाई बन्नुपर्छ मिलेर जानुपर्छ।
अब एक~अर्काको साथि बनम कुरा बुझम
म भाइ बन्नुपर्छ हजुर दाइ बन्नुपर्छ मिलेर जानुपर्छ।

डिल-
यदि साच्चै दाजुभाइको नाता लाउने हो भने।
नछुटिने नटुटिने बाचा कसम खाउने हो भने।
म पनि त अबुझ कहाँ छु सबै कुरा भुल्नैपर्यो
हामी दुईको दाजुभाइको नाता पाउने हो भने।

नारायण-
अवश्यनै दाजु भाइ बनेर हाँस्नुपर्छ हामी।
सँधै भरि एकनास भै बाँच्नुपर्छ हामी।
अब यी पुराना कुरा सबै भुलेर दाजु
एउटै बाटो हिँड्ने आँट आँट्नु पर्छ हामि।

डिल-
गाउँमा विकास गरौला नि मुल भएर।
कहिल्यै पनि हिड्ने छैनौ भुल भएर।
आज धोका पूरा भो देखाउन गाउँमा
दाजुभाइको बेजोडसाथ हुल भएर।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij