२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

रसुवा नाैकुण्ड लाङ्बुमा हुने बृहत साेनाम ल्हाेछार कार्यक्रममा टेकराज घले , मिस्टर बिर्खु र मिना लामा आउने

रसुवा नाैकुण्ड लाङ्बुमा हुने बृहत साेनाम ल्हाेछार कार्यक्रममा टेकराज घले , मिस्टर बिर्खु र मिना लामा आउने

                                      २८५६औं  साेनाम ल्हाेछार (मुसा वर्ग)काे अवसरमा सुनाैलाे विहानी युवा क्लब रसुवा द्धारा आयाेजित वृहत् साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता २०७६ हुने भएको छ।उक्त कार्यक्रममा चर्चित म्हेन्दाेमाया गायिका मिना लामा , सञ्चारकर्मी तथा हाँस्यकलाकार मिस्टर बिर्खु(करण तामाङ ) र चर्चित म्हेन्दाेमाया गायक टेक राज घले साँस्कृतिक धमका प्रदान गर्न उपस्थित रहने भएको छ ।मननीय माेहन आचार्यकाे प्रमुख आतिथ्यता, प्रेम तामाङ,प्रभात लामा ,  प्रेम्बा छिरिङ तामाङ , नुर्बु स्याम्ब घले लगायतका व्यक्तित्वहरुकाे आतिथ्यता रहने छन्।

माघ ११ गते नाैकुण्ड १ लाङबुमा भलिबल प्रतियोगिताकाे साथ वृहत् साँस्कृतिक कार्यक्रमकाे साथ साेनाम ल्हाेछार हुने कुरा आयाेजक टिमले हाम्रो “सेतोघर”सँग कुराकानी गर्दै जानकारी दिनुभएकाे छ ।मिडिया पार्टनरमा सेतोघर डट कम र नुवाकोट एम एम रहेका छन्।कार्यक्रममा स्याब्रु नाच, स्थानीय झाँक्री , लामा नाच पनि बेजोड रहने कुरा आयाेजकले थप जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij