जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागी मलेसिया को जोहोर बारु मा रहेको Flex company Senai Johor मा कार्यरत सुरेन आले मगर, नबराज राई, सुर्य अधिकारि, राम थापा मगर, दावा योङ्जन, प्रकाश कुवार, कमल तामाङ, देवराज कटुवाल, धायान बहादुर राई, नारायण मगर, बिरु मगर, राम गुरुङ, राज कुमार दनुवार, मेगराज राजबङ्सिको सकृया अगुवाइमा झण्डै ४२६ जना कम्पनीमा कार्यरत सहयोगी मनहरुबाट संकलन भएको जम्मा रकम नेपाली रु.३ लाख ४२ हजार ४६ रुपैंया सहयोग स्वरुप flex को अभियानतहरुले धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ ।
यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा Flex कम्पनी सेनाइ जोहोर बारु मलेशिय मा कार्यरत सम्पुर्ण सहयोगी मनहरुलाई धुर्मुस सुन्तलि फाउन्डेशनले हार्दिक धन्यवाद दिदै यसरी नै देश बिदेशमा
रहेको सम्पुर्ण सहयोगी मनहरुलाई सहयोगको अपिल गर्दै यस अभियानमा आम्बद्द भै अभियानलाई सफल पारिदिन हुन अनुरोध गर्नु भएको मलेशियाबाट सन्दिप मोक्ताले सेतोघरलाई जानकारी दिनु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij