१.
तिम्रो हाम्रो सम्बन्ध खुबै मीठो थियो नि
टाढा पुग्यो प्याराजी न्यास्रो यता पर्यो नि
लर्केर
आफ्नै गाउँ आउ है फर्केर।
२.
फुत्तै दिलमा पसेको भर्खरै पो चाल पायौ
थोरै लज्जा मिसायौ हृदयमै सजायौ
मुस्कान
पछ्यौरीमा मन्द मुस्कान।
३.
आजभोली काँ जान्छ्यौ भेट्न साह्रै मुस्किल
बाडुल्किले कोक्कँदा पग्लन्न र त्यो दिल
फिस्टुरी
रैछ्यौ साह्रै मनको निष्ठुरि।
४.
तिम्रै जिम्मा लगाए पीडा खोली दिएर
च्यातिएको मन यो तुन्द् यौ हातमा लिएर
स्युँदै छु
जल्यो मुटु तै नि ज्युँदै छु।
५.
मनको गाँठो फुँदै थेँ साह्रै मान्यौ ननिको
भर्छु आटो डुलेर घरमा छैन कनिको
हे हरि
दु:ख कर्म फेरौ के गरि।
६.
टुलुटुलु हेरिन्थ्यौ साह्रै मन परेको
तिम्ले त्यहाँ बुझिनौ कसले खेल गरेको
छेको थ्यो
भन्थ्यौ आशा कुन्नी केको थ्यो।
७.
जति टाढा भए नि भौतिकता जिमिले
बिश्वास छ मनैमा भुल्ने छैन तिमिले
रसौँला
जिन्दगीमा सँङ्गै बसौँला।
(साभार:-साहित्यिक पत्रीका युगान्तर अङ्क २१ बाट)

लेखक:-
साहित्यकार रामकृष्ण गजुरेल(अमर)
पिपलटार,नुवाकोट
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij