राष्ट्रिय दलित पत्रकार संघ नेपाल नुवाकोटको अध्यक्षमा संगम दर्जी भड्ताल चयन हुुनुभएको छ ।बिदुरमा आज भएको भेलाले संगम दर्जीको अध्यक्षतामा सर्बसम्मतरुपमा ९ सदस्यीय कार्य समिति चयन भएको छ । संघको उपाध्यक्षमा गोपाल मिजार, सचिबमा राजकुमार नेपाली, सहसचिबमा झरना नेपाली र कोषाध्यक्षमा कमला मगराति चयन हुनुभएको छ ।यस्तै, सदस्यहरुमा पार्बती बिक, प्रमिला सुनार, बिन्दा मिजार र मनिष परियार रहनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनाल, राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नम्बर ३ का सचिब बसन्त परियार, पत्रकार महासंघका केन्द्रिय पार्षद धुर्बकुमार रावल, नेपाल प्रेश युनियनका पुर्व केन्द्रिय सदस्य शिब देबकोटा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोटका सचिब गमला लामा, दलित संघ नुवाकोटका अध्यक्ष भोजबहादुर नेपाली लगायतले मन्तव्य राखेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij