यहि पौष २९ गते मङ्गलबारका दिन वडा स्तरीय अतिरिक्त क्रियाकलाप साथै बृहत् सास्कृतिक कार्यक्रम हुने भएको छ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ डाँडाखर्क अन्तरर्गत रहेका श्री पन्चासे माध्यमिक विद्यालयको प्राङ्गणमा हुने उक्त कार्यक्रममा ४ नम्बर वडाका वडा अध्यक्ष श्री चन्द्र बहादुर लामाको प्रमुख आतिथ्यमा हुन गइरहे हो।उक्त कार्यक्रम श्री शुभ आरम्भ अनलाइन क्लब,श्री पन्चासे माध्यमिक विद्यालय,लायन्स क्लब अफ काठमाडौ परोपकार,लियो क्लब अफ नुवाकोट परोपकार र पोस्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको संयुक्त रूपमा आयोजना रहनेछ।
कार्यक्रममा हास्य टेलि सशृङ्खला “भो त अब “का कलाकार मिस्टर बिर्खु(करण तामाङ ),लोक दोहोरी गायक लियो भिमशेन दाहाल,लोक गायक रोजन तामाङ साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।अतिरिक्त क्रियाकलाप तर्फ ४ नम्बर वडाभित्र रहेका ५ वटा विद्यालयहरुबाट ४२ जना विद्यार्थी सहभागी हुदैछ।उक्त अतिरिक्त क्रियाकलापमा कक्षा ३ र ४ का विद्यार्थीहरुका लागि म्युजिकल चियर,छात्र १ जना र छात्रा १ जना गरि ५ वटा विद्यालयबाट जम्मा १० जना।हिसाब दौड र चम्चा गुच्चा दौडका लागि कक्षा ४-५ बाट ४ ओटा विद्यालयबाट जम्मा ४/४ गरेर जम्मा १६ जना र हाजिरी जवाफ तर्फ कक्षा ६,७ र ८ बाट ४/४ जना गरि ४ ओटा विद्यालयबाट जम्मा १६ जना सहभागी गरेर जम्मा अतिरिक्त क्रियाकलापमा ४२ जना विद्यार्थीका सहभागी रहनेछन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij