२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

“आबा ङाछा”को ५० औं स्वर्ण महोत्सव शनिबार सम्पन्न।

“आबा ङाछा”को ५० औं स्वर्ण महोत्सव शनिबार सम्पन्न।

तामाङ हास्य टेलि सिरियल “आबा ङाछा”को ५० औं भागमा पुगेको अवसरमा ५० औं स्वर्ण महोत्सव शनिबार सम्पन्न भएको छ।उक्त कार्यक्रम राष्ट्रिय नाचघर जमलमा भएको हो।स्वर्ण महोत्सवमा कार्यक्रमका प्रमुख अतिथी तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर, नायक तथा निर्देशक अमिर दोङ, बरीष्ट नायिका चादनी मोक्तान , चर्चित नायिका रन्जिता ब्लोन, निर्देशक बिनायक तामाङ, निर्देशक दिपक लामा, सगरमाथा आरोही शर्मिला स्याङतान, युथ क्रीयशनका अध्यक्ष रबिन लामा, रहेका थिए।त्यसै गरी निर्माता दिपा वाइबा, निर्माता सन्चकुमारी तामाङ सर्मिला, म्हेन्दो गोले, सुन्तली माया रुम्बा – हाल दुबई(UAE), सोमलाल तामाङ हाल मलेशिया(Malaysia), शुसिल दोङ कोरिया(Korea), रहनु हुने सहयोगीहरुमा साथ सहयोग र निरन्तर गरिराख्न सबै जनालाई आग्रह गर्नु भएको थियो।

तामाङ भाषामा टेलिसिरियल निर्माण गरेर तामाङ समुदायलाई अझ जनचेतनामूलक कथा वस्तु समेटि सिरियल तयारी गर्दै आएकाले सबै स्रोता दर्शकहरुले मन पराएको सिरियलको निर्देशक मोक्तानले सेतोघरलाई बताए।कार्यक्रममा युवा नेता तथा युवा ब्यबसायी रेशम लामा मोक्तान, पासाङ लामा ysk ग्रुप,गितकार कल्पना वाइबा उपस्थित रहेका थिए।यु एण्ड मि डान्स सेन्टर(you and me dance centre),लेट मि डान्स( let me dance) का पासाङ लामा, गंगा लामा, जमुना लामा, सन्जु बम्जन, सन्जु दोङ, कबिता दोङ, अमिर मोक्तान, मिना ब्लोन, पदम दोङ दोर्जे लगायतले धमाकेदार नृत्य प्रस्तुत गरिएका थिए।कार्यक्रम अत्यन्तै साङ्गितिक उल्लासमय,वातावरणमा समापन हुन सफल भएका थिए।सिरियलको निर्देशक एंव लेखक जयन कुमार मोक्तानले सेतोघरसङ्ग कुरा गर्नुहुँदै
पछील्लो समय बजारमा दर्शकको रोजाइमा पर्न सफल सिरियल मध्ये एक हो ‘आबा ङाछा’ ।

समुदायको संस्कार जागरण तथा विभिन्न बिषयमाथी बुलन्द आवाज उठाएर प्रस्तुत गर्ने एपिसोडहरुले नयाँ पुस्तालाई परम्पराको महत्व दर्शाएको हुन्छन्।डिस होमको रमाइलो एच.डी.मा प्रत्येक बिहीबार साझ ७ बजे देखि ७:३० सम्म प्रसारण हुने उक्त सिरियलमा निकै स्वादिला कमेडी डाईलगहरु प्रस्तुत गरेका हुन्छन्।सिरियलमा जयन कुमार मोक्तान, फुलमान स्याङतान, उदास लामा, सन्तोष लामा, मिस शंखु, सुस्मिता तामाङ, सुरेन्द्र तामाङ, मिना दोङ, सन्देश थिङ, सुनमाया दोङ, धुर्व सिं तामाङ छिरिङ, सुकमान लामा, रिना लामा, लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।जसमा
योगेन्द्र कार्कीको छायाँकन,सविता लामाले निर्माण गरेकी शिर्ष गीतलाई प्रयास दोङले संगित र आवाज दिएका छन् भने ब्याकग्राउण्ड स्कोर कुमार लामा योञ्जनले गरेका छन्। टेलि सिरियललाई जयन कुमार मोक्तानले लेखन निर्देशन गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij