२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भ्रमण बर्ष २०२० सफल पार्न लियो राइड २०२०

भ्रमण बर्ष २०२० सफल पार्न लियो राइड २०२०

सन्सारको सबैभन्दा ठुलो सामाजिक सेवा गर्ने संस्था लायन्स क्लब्स अन्तर्राष्ट्रिय अन्तर्गत समाजमा विविध क्षेत्रमा अमुल्य योगदान पुर्याउदै आफ्नो छुट्टै पहिचान बनाउन सफल लियो जिल्ला परिशद ३२५बि१ नेपाल ले भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै लियो राईड २०२० आयोजना गर्न लागेको छ। सामाजिक क्षेत्रमा आफ्नो अमुल्य योगदान पुर्याउदै आउनुभएका सम्पुर्ण लियोहरुलाइ काठमाडौं मा भेला गराइ आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्य ले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

१९ पौष २०७६ मा काठमाडौं को बसन्तपुर दरबार स्क्वायर बाट सुरुवात हुने उक्त कार्यक्रम बसन्तपुर पाटन दरबार स्क्वायर कोटेश्वर भक्तपुर धुलिखेल नेपालथोक र मुलकोट हुदै पुनः सोही रुट हुदै उद्घाटन स्थान मा आएर समापन हुनेछ । उक्त कार्यक्रम मा भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै फोटो प्रतियोगिता आयोजना गरिनेछ। देसै भरी छरिएर रहेको लियोहरुको बिचमा आपसी सद्भाव मनोरंजन आन्तरिक पर्यटन प्रबर्द्धन प्रतिभा प्रस्फुटन लायन्स वाद को प्रचारार्थ युवाहरूलाई सामाजिक सेवामा अग्रसर गराउने उदेश्यले आयोजना गर्न लगिएको उक्त कार्यक्रममा करिब १०० भन्दा बढी लियोहरुको सहभागिता रहने अनुमान गरिएको छ।

लियो जिल्ला परिशद ३२५ बि१ नेपाल अन्तर्गत क्षेत्र न. १० को आतिथ्यता मा सम्पन्न हुने उक्त कार्यक्रम को सम्योजन क्षेत्र न १० का सम्योजक लियो अबिनाश श्रेष्ठले गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij