२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

तामाङ टेलिसिरियल ‘आबा ङाछा’ले पौष १९ मा भव्य रुपमा स्वर्ण महोत्सव मनाउने

तामाङ टेलिसिरियल ‘आबा ङाछा’ले पौष १९ मा भव्य रुपमा स्वर्ण महोत्सव मनाउने

तामाङ टेलिसिरियल ‘आबा ङाछा’ ले पौष १९ मा भव्य रुपमा स्वर्ण महोत्सव मनाउने भएको छ । टेलिसिरियलको ५० औ भाग पुगेको अबसरमा महोत्सव मनाउने भएको हो ।
टेली सिरियलका निर्देशक एंव लेखक जयन कुमार मोक्तानले उज्यालो नेटवर्कसङ्ग कुरा गर्नुहुँदै आउदो २०७६ पुस १९ गते शनिबार राष्ट्रिय नाचघर जमलमा कार्यक्रम आयोजना हुने र उपस्थितको लागि सबै जनालाई आग्रह गर्नु भएको छ् ।
पछील्लो समय बजारमा दर्शकको रोजाइमा पर्न सफल सिरियल मध्ये एक हो ‘आबा ङाछा’ । समुदायको संस्कार जागरण तथा विभिन्न बिषयमाथी बुलन्द आवाज उठाएर प्रस्तुत गर्ने एपिसोडले नयाँ पुस्तालाई परम्पराको महत्व दर्शाएको छ् । डिस होमको रमाइलो एचडीमा प्रत्येक बिहीबार साझ ७ बजे देखि ७:३० सम्म प्रसारण हुने उक्त सिरियलमा निकै स्वादिला कमेडी डाईलगहरु प्रस्तुत गरेका हुन्छन ।

सिरियलमा जयन कुमार मोक्तान, फुलमान स्याङतान, उदास लामा, सन्तोष लामा, मिस शंखु, सुस्मिता तामाङ, सुरेन्द्र तामाङ, मिना दोङ, सन्देश थिङ, सुनमाया दोङ, धुर्व सिं तामाङ छिरिङ, सुकमान लामा, रिना लामा, लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।
योगेन्द्र कार्कीको छायाँकन,सविता लामाले निर्माण गरेकी शिर्ष गीतलाई प्रयास दोङले संगित र आवाज दिएका छन् भने ब्याकग्राउण्ड स्कोर कुमार लामा योञ्जनले गरेका छन । टेलि सिरियललाई जयन कुमार मोक्तानले लेखन निर्देशन गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij