२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ओलीको ‘म प्रधानमन्त्री हुँदा’ सार्वजनिक

ओलीको ‘म प्रधानमन्त्री हुँदा’ सार्वजनिक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक सार्वजनिक गरिएको छ ।

आज, १४ माघमा काठमाडौंको नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा ओली प्रधानमन्त्री छँदा गरेका सम्बोधनहरुको संगालो छ ।

यसको सम्पादन ओली प्रधानमन्त्री पदमा रहँदा उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल र शार्दुल भट्टराईले गरेका हुन् ।

पुस्तकमाथि लेखक तथा विश्लेषकहरु विजयकुमार, सौरभ, श्रीकृष्ण अनिरुद्ध गौतम, कृष्णमुरारी भण्डारी, अश्विन पुडासैनी, एमाले नेता रघुवीर महासेठ लगायतले टिप्पणी गरेका थिए ।

ओलीको पुस्तकमाथि टिप्पणी गर्दै लेखक सौरभले ओलीको जीवन बुझ्न उनको बाल्यकाल र विगतलाई भुल्न नहुने बताए ।

प्रधानमन्त्री हुँदा ओलीले व्यक्त गरेका वाचाहरुको कार्वान्यनका लागि अब हुने संसदीय निर्वाचनबाट उनी प्रधानमन्त्री हुन्छन वा हुँदैनन् र भए त्यसको कार्वान्यन हुन्छ कि हुन्न भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाई थियो ।

अर्का टिप्पणीकार विजयकुमारले राष्ट्रियताको मुद्दालाई ओलीले कसैले उखेल्न नसक्ने विरुवा जस्तै गरी रोपेको भन्दै त्यसको कार्वान्यनमा छाति फराकिलो पार्नुपर्ने बताए ।

ओलीबाट व्यक्त विचारहरु पुस्तकमा भन्दा अडियो र भिडियो स्रंगह गरेर ल्याउन उनले सुझव दिए । “पुस्तकले ओलीपनलाई झ्ल्काउँदैन, त्यसको लागि भिजुअल नै चाहिन्छ,” उनले भने ।

लेखक कृष्णमुरारी भण्डारी र श्रीकृष्ण अनिरुद्र गौतमले ओली प्रधानमन्त्री हुँदा उनले गरेका कामहरुले उनलाई राजनेताको रुपमा स्थापित गरेको र चीनसँग गरेको पारवहन र यातायात सम्झैताकै कारण प्रधानमन्त्रीबाट षडयन्त्रपूर्वक हटाइएको दाबी गरे ।

“देशलाई अफ्ठेरो परिस्थितीबाट पार लगाउने काम गरे,” गौतमले भने, “भारतको नाकाबन्दीका कारण गिरेको आत्मविश्वासलाई माथि उठाउने काम गरे ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij