२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मीरा राई बनिन् नेशनल जोग्राफीको ‘वर्षकै साहसी व्यक्ति’

मीरा राई बनिन् नेशनल जोग्राफीको ‘वर्षकै साहसी व्यक्ति’

काठमाडौं । विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन् । विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचीमा अनलाइन भोटमार्फत गरिएको प्रतियोगितामा उनी पहिलो बनेकी हुन् ।

नेशनल जोग्राफीले विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी भोजपुरकी मिरा ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) भएको जनाएको छ । यो प्रतिस्पर्धा बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको थियो ।

पूर्व माओवादी लडाकु उनी गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पहिलो भएकी थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन क्रममा अयोग्य ठहरिएकी उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा सो दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij