
करिब ५ हजार रकम लगानी गरेर व्यवसाय शुरुवात गरेका हुन् चन्द्र । ५ हजारको लगानी शुरु गरेको व्यवसाय अहिलेको अवस्थामा आउन सक्ला भन्नेमा चन्द्र आफैं विश्वस्त थिएनन् । यद्यपि निरन्तरको पहल एवं व्यावसायिक क्षेत्रमा विश्वास, व्यवस्थापकीय क्षमता र प्रतिवद्धताको साथ अघी बढिरहँदा त्यो सफलता प्राप्त भएको चन्द्र बताउँछन् । आफ्नो व्यवसायले छोटो अवधिमा नै राम्रो फड्को मार्न सकेकोमा चन्द्र दङ्ग छन् । हाल चन्द्र्र संलग्न रहेको इन्टेरियर पोइन्ट नेपालका इन्टेरियर कम्पनीहरु मध्ये अग्रस्थानमा छ ।
कस्तो कम्पनी हो इन्टेरियर पोइन्ट ?
इन्टेरियर पोइन्ट हाल सम्म डिजाइन तथा डेकोर लगायतका कामहरु गर्दै आएको कम्पनी हो । यी दुवै कामहरु एकैसाथ अघी बढाएको कारण यो कम्पनी बजारमा राम्रो छाप पार्न सफल भएको छ । व्यवसाय शुरुका दिनमा कम मुनाफामा नै भएपनि भविष्यलाई व्यवसायलाई राम्रो तवरले काम गरेको कारण अहिले यो अवस्थामा आउन सफल भएका हुन् चन्द्र । नेपालमा अहिले इन्टेरियरको बजार निकै नै बढेको छ । राम्रो तवरले काम गर्ने हो भने बजारमा सहजै काम गर्न सक्ने अवस्था सृजना भएको छ ।
नेपालमा अहिलेको अवस्थामा नयाँ पुस्ता सँगै मानिसहरुको चाहना पनि बढेर जाने अवस्था छ । जसले गर्दा बजारमा छोटो समयमा नै नयाँ नयाँ डिजाइनको लागि मानिसहरुको अनुरोध आउने गरेको छ । यसले गर्दा व्यवसायमा रहेर काम गर्न सहज हुने चन्द्रको अनुभव छ । नेपालमा अहिलेको अवस्थामा यस क्षेत्रमा रहेर काम गर्ने क्रममा बजारमा माग अत्यधिक बढेको छ ।
लगानी
व्यवसाय शुरु गर्दा निकै कम रकमबाट इन्टेरियर व्यवसायमा प्रवेश गरेका हुन् चन्द्र । यद्यपि विदेशमा रहँदा सिकेको सीप र अनुभव नै अहिलेको व्यवसाय विस्तारको आधार बन्यो । करिब ५ हजार रकम लगानी गरेर व्यवसाय शुरुवात गरेका हुन् चन्द्र । ५ हजारको लगानी शुरु गरेको व्यवसाय अहिलेको अवस्थामा आउन सक्ला भन्नेमा चन्द्र आफैं विश्वस्त थिएनन् । यद्यपि निरन्तरको पहल एवं व्यावसायिक क्षेत्रमा विश्वास, व्यवस्थापकीय क्षमता र प्रतिवद्धताको साथ अघी बढिरहँदा त्यो सफलता प्राप्त भएको चन्द्र बताउँछन् । आफ्नो व्यवसायले छोटो अवधिमा नै राम्रो फड्को मार्न सकेकोमा चन्द्र दङ्ग छन् । हाल चन्द्र्र संलग्न रहेको इन्टेरियर पोइन्ट नेपालका इन्टेरियर कम्पनीहरु मध्ये अग्रस्थानमा छ । इन्टेरियर क्षेत्रमा कामको चाप निकै नै बढेको चन्द्र बताउँछन् । पछिल्लो समय आफ्नो व्यवसायमा लगानीकर्ताको रुपमा हाल आफ्ना भान्जालाई समेत भित्र्याएका चन्द्र हुमागाईंले इन्टेरियर क्षेत्रमा भविष्य उज्ज्वल देखेका छन् ।
हाल करिब १० जनालाई रोजगारी सृजना गरेको यस इन्टेरियर पोइन्टको अलावा आगामी दिनमा व्यावसायिक विविधिकरण योजनामा समेत पुगेका छन् । नेपालमा काम गर्नको लागि राम्रो सम्भावना भएको बताउने हुमागाईं हरेकमा कुनै न कुनै सीप र प्रतिभा हुनुको अलावां आफूमा विश्वास भने हुनैपर्ने बताउँछन् ।
पछिल्लो समय कर्पोरेट कम्पनी र युवा पुस्ताको मात्र चाहनाको क्षेत्र नभई अब इन्टेरियर क्षेत्र विस्तारै सबै वर्ग र स्तरका मानिसहरुको चासोको क्षेत्र बन्दै गएको हुमागाईंले बताए । हाल आफूले अटोमेटिक प्रविधिमा आधारित मेसिन सहितको कारखाना समेत सञ्चालन गरेका चन्द्र्रले सञ्चालन गरेको इन्टेरियर कम्पनीको लगानी हाल ३ करोड भन्दा माथि पुगेको छ । सोहीबमोजिम आफ्नो कम्पनीको कार्यक्षेत्र विस्तार गरी नेपालका ७ ओटै प्रदेशमा सेवा केन्द्र (शाखा) विस्तार गर्ने योजनामा आफू रहेको चन्द्र बताउँछन् ।
ग्राहकको चाहनामा आएको परिवर्तन
पछिल्लो समय मानिसहरुको चासो बदलिएको छ । ग्रामीण क्षेत्रमा समेत अगेनामा आगो बाल्ने प्रचलन हट्दै गएको छ । मोडुलर किचन लगायतका प्रविधिमा आधारित आधुनिक उपकरणमा मानिसहरुको आकर्षण निकै नै बढेको छ । सोही बमोजिम आफ्नो कम्पनीलाई विस्तार र व्यवस्थित गर्दै लैजाने तथा आधुनिक डिजाइनहरु थप गर्दै लैजाने योजनामा आफू रहेको समेत बताउँछन् चन्द्र ।
अबको बजार र चुनौती
अहिले बजार निकै नै प्रतिष्पर्धी छ । यद्यपि अहिलेको लागि ठूलो चुनौती भनेको गुणस्तरहीन चिनियाँ फर्निचर नेपाली बजारमा भित्रनु हो । यस्ता फर्निचरले तत्काल ग्राहकलाई आकर्षित नै गरेपनि दिगो र भरपर्दो भने नहुने भएको कारण गुणस्तरीय फर्निचर प्रयोग सम्बन्धमा प्र्रयोगकर्ताहरुलाई जागरुक बनाउनुपर्ने आवश्यकता छ । सस्तो र हलुका हुने यस्ता फर्निचरमा कमसल सामाग्रीहरु प्रयोग गरिएको पाइन्छ ।
दक्ष जनशक्ति उत्पादन र तालिम
अहिले नेपालमा इन्टेरियर क्षेत्रको शैक्षिक कार्यक्रम समेत शुरुवात भएको छ । साथै यस क्षेत्रको अध्ययन गराउने छोटो अवधिका तालिम समेत सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यस क्षेत्रमा नयाँ आउने व्यक्तिहरुलृ राम्रो शैक्षिक ज्ञान पाउने हुनाले पुराना व्यक्तिको तुलनामा राम्रो तवरले काम गर्न सक्ने अवस्था छ । जसले गर्दा कामलाई गुणस्तरीय, सहज र सुलभ बनाउन समेत सहयोग पुगेको छ । पुराना व्यक्तिहरुले स्केचअपको प्रयोगबाट डिजाइन सम्बन्धी काम गर्दै आएका भएपनि नयाँ आउने व्यक्तिहरुले आधुनिक प्रविधिमा आधारित म्याक्सबाट डिजाइन गरिरहेका छन् । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij