काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैं तिहारलाई लक्षित गर्दै उपत्यकामा यो वर्ष पनि ‘नागरिक सहायता कक्ष’ सञ्चालन गर्ने भएको छ । १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्न प्रस्ताव गरिएकाे महाशाखाका नायब प्रहरी उपरीक्षक (डीएसपी)पदमबहादुर बिष्टले जानकारी दिए ।
सरकारले दशैंमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि अग्रिम टिकट बुकिङ खुला गरकै दिनमा कक्षहरुले काम थाल्ने महाशाखाले जनाएको छ । यो समयमा उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खु लगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना अघी बढाइएकाे हाे ।
दशैंकाे समयमा यात्रुकाे चाप बढ्ने र अाउन सक्ने समस्यालाइ व्यवस्थित गर्न र सुरक्षित यात्रामा सहयाेग पुर्याउने उद्देश्यले नागरिक सहायता कक्षकाे हरेक बर्ष व्यवस्था गरिँदै अाइएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij