२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

स्याङ्जामा जिप दुर्घटना हुँदा हाल सम्म ३ काे मृत्यु

स्याङ्जामा जिप दुर्घटना हुँदा हाल सम्म ३ काे मृत्यु

स्याङ्जाको गल्याङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङख्या तीन पुगेको  छ । दुर्घटनास्थलमै वालिङ नगरपालिका–१३, वायखोलाका नौ महिनाका बालक पल्सन परियारको मृत्यु भएको थियो । त्यस्तै वालिङ नपा–११ स्याङ्जाकी ३४ वर्षीया मञ्जु गैरे भण्डारी र रम्भा गाउँपालिका–१, पाल्पाकी ७० वर्षीया सीता नेपालीको लुम्बीनी मेडिकल कलेज तानसेनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी कृश्ण सापकोटाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास र ६ जनाको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ ।

विपरित दिसाबाट आउँदै गरेको गाडिलाई साइड दिने क्रममा गल्याङ नगरपालिका–३, खोल्सामा लु १ ज ३८४१ नम्बरको जिप दुर्घटना भई सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij