२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गाे हत्या निन्दनीय, सरकारलाई स्थानीय गोवंश टाऊको दुखाइको विषय बन्दै

गाे हत्या निन्दनीय, सरकारलाई स्थानीय गोवंश टाऊको दुखाइको विषय बन्दै

यसाे भन्छन् ज्याेतिष सुवेदी भिडियाे मार्फत

हालै सुर्खेतमा सयौं संख्यामा गाई तथा गोवंशको भीरबाट लडाएर हत्या गरिएको विषयलाई लिएर देशका विभिन्न ठाऊहरुमा विरोध भइरहको छ । विरोध गर्नेहरुले सुनियोजित ढङ्गबाट हत्या गरिएको आरोप लगाएका छन् ।

नेपालगञ्ज, चितवन, पोखरा, काठमाडौं, नवलपरासी, रुपन्देही, सुर्खेतलगायतका धेरै ठाऊहरुमा यस प्रकारको कार्यको घोरभर्तसना गर्दै कतै नाराजुलुस् गर्ने, कतै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने कामहरु भइरहेका छन् ।

यसै क्रममा गौ संरक्षणका अभियन्ता ज्यो.पं. वैद्यराज दीपक सुवेदीले एक भिजिओल विज्ञप्तिमार्फत यस प्रकारको गोवंशको कार्यले आफूलाई आहत बनाएको बताएका छन् ।

चितवनबाट योगी नरहरिनाथ वागीश्वरी गौशाला तथा देवघाट विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेलले गौ हत्याको बिरोधमा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र दिने र बिरोध सभा गर्ने कार्यक्रमहरु भइरहको बताएका छन् ।


गोवंशको हत्याको धार्मिक संघसंस्था, सामाजिक संघसंस्था, प्राणी हितको पक्षमा आवाज उठाउने निकायहरुले बिरोध गरिरहेका छन् । केही वर्षदेखि देशका विभिन्न स्थानमा सुनियोजित रुपमा गाई गोरु तथा बाच्छाबाच्छीको हत्या हुने कार्य बढ्दै गएको छ । यही कुरालाई दर्शाउँदै गौ संरक्षणका अभियन्ता दीपक सुवेदीले आफ्नो अभिव्यक्तिमा सामान्य जीवजन्तुको पनि संरक्षण हुनुपर्छ भन्ने विश्वव्यापि मान्यता र अभियान चलिरहेको अवस्थामा गोवंशको यसरी षड्यन्त्रपूर्वक नियोजित तरिकाबाट हत्या गरिनु मानवसभ्यता एवं राज्यकै उपहास भएको बताएका छन् ।

गोवंशको हत्याको सानो बिरोधले अन्धो र बैरो रहेको सरकारले नसुन्ने हुनाले विगतका वर्षमा झै ससानो स्वरुपको विरोधबाजी गरेर मात्रै यो समस्या नसुल्झिने बताउँदै सुवेदीले गोवंशको संरक्षणको लागि विशेष कार्ययोजना हुनु पर्ने बताएका छन् । त्यस प्रकारको कार्ययोजना आफूसँग भएकोले धार्मिक संघसंस्था, नागरिक समाज, राज्य एवं सरकार र संबन्धित निकायले चाहेको खण्डमा उपयुक्त ठाऊमा विधिपूर्वक त्यो कार्ययोजना पेश गर्न आफू तयार रहेको पनि उनले बताएका छन् । स्मरण रहोस् नवलपुर, नवलपरासी, कञ्चनपुर, कास्की लगायतका ठाऊमा गिद्यको संरक्षण गर्ने नाममा गाईलाई मारेर गिद्यलाई पोस्ने कामसम्म भएको पाइएको छ । केही समय यता कैलाली कञ्चनपुर जिल्लामा पनि यस्तै तरिकाले ठूलो संख्यामा गाई गोरु बाच्छा बाच्छी मार्ने काम भएको थियो । यसरी वर्षेनी गाई मारिँदा पनि राज्यले खासै चासो नदेखाउनुको पछाडि गाईवस्तुको व्यवस्थापन गर्न सरकारलाई टाऊको दुखाई भइरहको बुझिन्छ । एक किसिमले भन्ने हो भने गाईक्षेत्र राज्यलाई घाँडो भइरहको देखिन्छ ।

गोक्षेत्रलाई उचित तरिकाले व्यवस्थापन गर्ने दिशामा नजाने हो भने प्रत्यक्षाप्रत्यक्ष रुपमा विभन्नि बहानाबाजी गरी गाईवस्तुको हत्या गर्ने गराउने क्रम बढ्दै जाने विगतदेखि अहिलेसम्मको घटनाले स्पष्ट देखाइसकेको छ । यस्ता गतिविधिले राज्यका निकायहरुले गाईवस्तुको सहज व्यवस्थापनको उपाय ऐलेसम्म नभेट्टाएको बुझाउँछ ।

अझैपनि गोक्षेत्रको व्यवस्थापनको सहज उपाय निस्केन भने त्यसपछिको स्थिति अझ कति भयावह हुने हो सबैले सोँच्न पर्ने देखिन्छ । गाई तथा गोवंशप्रति रहँदै आएको आस्था तथा श्रद्धामाथि आँच आउने खालका कामहरु नहुन् भन्ने चाहने हो भने गोप्रेमि पक्षबाट पनि उचित उपाय दिनसक्नु पर्छ ।

यसको बारेमा थप तल दिइएको भिडियोबाट हेर्नसक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij