२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

इंग्ल्याण्डसँगको ट्वेन्टी ट्वेन्टीमा भारत ७ विकेटले पराजित

इंग्ल्याण्डसँगको ट्वेन्टी ट्वेन्टीमा भारत ७ विकेटले पराजित

काठमाडौं । भारतसँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड ७ विकेटले विजयी भएको छ । कानपुरमा जितका लागि पाएको १ सय ४८ रनको लक्ष्य पाहुना टोली इंग्ल्याण्डले ११ बल बाँकी छँदै भेट्टाएको हो
।
टस हारेपछि ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । भारतका विराट कोहलीले २६ बलमा २९ रन, सुरेश रैनाले २३ बलमा ३४ रन, महेन्द्रसिंह धोनीले २७ बलमा ३६ रन बनाए । इंग्ल्याण्डका मोइन अलीले दुई साथै टामल मिल्स, क्रिस जोर्डन, लाम प्लङकेट र बेन स्ट्रोक्सले एक एक विकेट लिए ।

इंग्ल्याण्डका ज्यासन रोयले ११ बलमा १९ रन, साम बिलिङ्सले १० बलमा २२ रन, जोय रुटले ४६ बलमा ४६ रन, इओन मोर्गानले ३८ बलमा ५१ रन बनाए । भारतका युजभेन्द्र चाहलले दुई साथै परभेज रसुलले एक विकेट लिए । भारत र इंग्ल्याण्डबिच अब दुई ट्वेन्टी ट्वेन्टी खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij