२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चुनावका बेला हतियार लिएर हिँड्नेलाई दुई लाख जरिवाना र तीन वर्ष कैद

चुनावका बेला हतियार लिएर हिँड्नेलाई दुई लाख जरिवाना र तीन वर्ष कैद

काठमाडौं । स्थानीय चुनावका लागि चाहिने थप तीनवटा विधेयकलाई अन्तिम रुप दिन संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले काम अन्तिम चरणमा पुर्‍याएको छ ।
शुक्रबारसम्म विधेयकलाई अन्तिम रुप दिएर संसदमा पेश गर्ने तयारी गरे पनि निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयकलाई मात्र बिहीबार उपसमितिले अनुमोदन गरेको छ । उपसमितिले अनुमोदन गरेको निर्वाचन कसुर सम्बन्धी विधेयकलाई शुक्रबार नै समितिले पारित गरेर संसद पेश गर्ने तयारी गरेको छ ।

विधेयकले निर्वाचनसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । मतदातालाई प्रलोभनमा पार्ने, हातहतियारसहित मतदान स्थलमा प्रवेश गर्नेलाई दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

यसअघि यस्तो कसुरमा ५० हजार रुपैयाँसम्म जरिवाना, दुई वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था थियो । उपसमितिले राजनीतिक दल र स्थानीय तहको चुनावसम्बन्धी विधेयकका केही महत्वपूर्ण कुरामा दलहरुबीच सहमति जुट्न बाँकी समितिका सदस्य रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।

राजनीतिक दल सम्बन्धी विधेयकमा थ्रेस होल्ड, दलले प्राप्त गरेको मत परिणामको आधारमा पाउने अनुदानलगायतका विषयमा टुंगो लाग्न बाँकी छ । साना दलहरुले थ्रेस होल्ड नराख्न दबाब दिए पनि ठूला दलले आयोगले प्रस्ताव गरेको १ दशमलव ५ वा ३ प्रतिशत राख्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

त्यस्तै, स्थानीय तहको चुनावसम्बन्धी विधेयकमा एक भन्दा बढी दलका उम्मेद्वारले एउटै चुनाव चिन्ह प्रयोग गर्न पाउने कि नपाउने भन्ने विषयमा कुरा मिल्न बाँकी रहेको फुयाँलको भनाई छ । संविधानले निर्वाचित पदाधिकारीको कार्यकाल पाँच वर्षको हुने र पदावधि सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

गाउँपालिका, नगरपालिका वा जिल्लासभाको अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना महिला उम्मेदवार हुनुपर्ने विषयमा दलहरु यसअघि नै सहमतिमा पुगिसकेका छन् । संविधानले वडामा कम्तिमा दुई महिला सदस्य अनिवार्य हुने व्यवस्था गरेको छ । संसदले बुधबार निर्वाचन आयोगको काम कर्तव्य र अधिकार तथा मतदाता नामावली विधेयकलाई पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij