तामाङ टेलिसिरियल ‘आपा ङाछा’ ले शनिबार रजत जयन्ती मनाएको छ । सिरियलले २५ औं भाग पूरा गर्दै काठमाडौंमा सांस्कृतिक एवं सम्मान कार्यक्रम गरिएको हो ।
‘ह्याङला मिडिया हाउस’ को प्रस्तुति निर्माण गरिएको टेलिसिरियल डिसहोमको रमाइलो एचडि च्यानलबाट प्रसारण भइरहेको छ ।

टेलिसिरियलले समाजका घटनालाई व्यङ्यात्मक तरिकाले प्रस्तुत गर्दै आइरहेका छन् ।
तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले यस किसिमका टेलिसिरियलले समाजको घट्नालाई चित्रण गर्न र उतार्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा सगरमाथा आरोही शर्मिला तामाङ स्याङतान लगायतलाई सम्मान गरेका थिए
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij