
नेपाल खाद्य संस्थान सोरुकोट डिपो र कालै बिक्री केन्द्र मुगुका लागि आउने अनुदानको चामल बीचबाटोमै बिक्री हुने गरेको छ। डिपोबाट बिक्री हुनुपर्ने अनुदानको चामल डिपो नै नपुर्याई बीचैमा बेचिन थालेपछि मुगुवासीले चामल नपाएको गुनासो गरेका छन्। मुगुका लागि आएको चामल सोरु गाउँपालीका–८ बाट हुम्ला अदानचुली गाँउपालिकाका बासिन्दालाई बेच्ने गरिएको हो।
ठेकेदारमार्फत ढुवानी गरी पठाइने चामल डिपोमै नपुगेपछि गोदाम रित्तिँदै छ भने भएको पुरानो चामलसमेत कुहिएको छ। ठेकेदारले चामल डिपोमा नपुर्याई बीचमै आफुखुसी बिक्री गर्न थालेपछि स्थानीय महँगीमा परेको सोरु गाउँपालिका–६ का वडाध्यक्ष मानप्रसाद भट्टले बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij