
धादिङको गल्छी गाउँपालिका ६ बाझगाउँमा शुक्रबार जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
कच्ची सडकको उकालोमा जाँदै गरेको जिप चढ्न नसकेर पछाडि फर्केपछि सडकबाट तल झरेको थियो । प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा दुर्घटना भएको हो । जिप सडकबाट २० मिटर तल खसेको थियाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij