२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रोग्रेसिभ फाइनान्सको नाफा पौने २ करोडले घट्यो

प्रोग्रेसिभ फाइनान्सको नाफा पौने २ करोडले घट्यो

काठमाडौं ।  २१ करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रोग्रेसिभ फाइनान्सको दोस्रो त्रैमासमा खुद मुनाफामा १ करोड ७७ लाख रुपैयाँले घटेको छ । कम्पनीले सञ्चालन मुनाफामा भने ५ सय ४१ दशमलव १६ प्रतिशतले वृद्धि गरि ३४ लाख ११ हजार रुपैयाँ कमाएको छ ।

कम्पनीले निक्षेपमा भने ३९ दशमलव ०६ प्रतिशतले वृद्धि गरि ५३ करोड २६ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । कम्पनीले ८४ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ भने कर्जामा ५७ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ५७ दशमलव ६६ प्रतिशतले बढेर १ करोड २४ लाख रुपैयाँ कमाउन सफल भएको छ । फाइनान्सले प्रोजिनमा ३ करोड ६७ लाख रुपैयाँ राखिएको छ ।

फाइनान्सले प्रतिशेयर आम्दानी वार्षिक १४ दशमलव ८८ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ४ दशमलव ०१ रुपैयाँ रहेको छ । फाइनान्सले निस्कृय कर्जा १ दशमलव ५१ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति ३५ दशमलव ०५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij