
मजदूरलाई न न्यूनतम तलब न सामाजिक सुरक्षा कोषको प्रत्याभूति । सरकारले श्रमिकको मासिक न्यूनतम तलब निर्धारण गरेको झन्डै एक वर्ष पुग्न लागे पनि कार्यान्वयन हुन सकेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक र रोजगारदाताको सहमतिमा न्यूनतम मासिक तलब १३ हजार ४ सय ५० रुपैयाँ तय गरेको थियो ।
गत साउन १ देखि लागू हुने गरी तोकिएको न्यूनतम तलब श्रम बजारको अनुगमन र कारबाहीको संयन्त्र नहुँदा लागू हुन नसकेको हो । कामदारको तलब सुरक्षा गर्न बैंकबाट भुक्तानी व्यवस्था गरे पनि अधिकांशले अटेर गरेका छन् । प्रतिष्ठानस्तरमा कार्यरत श्रमिकले रोजगारदातालाई न्यूनतम तलब लागू गर्न दबाब दिइरहेका छन् भने चिया बगानमा कार्यरत श्रमिक एक महिनादेखि कार्यस्थल ठप्प गरी हडतालमा उत्रिएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij