२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

इन्धन बोक्ने गाडीबाट तेल चोर्नेलाई आयल निगमै मौन सहयोग !

इन्धन बोक्ने गाडीबाट तेल चोर्नेलाई आयल निगमै मौन सहयोग !

हवाई इन्धन चोरी आरोपीविरुद्ध मकवानपुर प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंहले ट्यांकर पार्किङ गरी तेल चोरी गर्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरिएको थियो । तिनीहरूविरुद्ध अदालतमा चोरी मुद्दाअन्तर्गत कारबाही अघि  बढाइएको हो ।

प्रहरीका अनुसार वैशाख १ गते बिहान १० बजे हेटौँडा–४, कमलडाँडामा पार्किङ गरेको ना.४ख ०१७७ नम्बरको ट्यांकरचालक बद्री गुरुङले तेल झिकिरहेका थिए । उनलाई दुई साथी उत्तम श्रेष्ठ र बलराम सुनुवारले सहयोग गरेका थिए । अवैध रूपमा तेल झिकिरहेको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी निरीक्षक पवनकुमार झाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । टोलीले ६० लिटर हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको हो ।

‘टोली पुग्दा ट्यांकरबाट ६० लिटर तेल झिकिसकेका रहेछन्, रंगेहात पक्राउ गर्न सफल भयौँ,’ प्रहरी उपरीक्षक सिंहले भने । गुरुङले दुई साथी लगेर तेल चोरी गरेको बयान दिएका छन् । ट्यांकर काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपोका लागि चलान भएको थियो । निरीक्षक झाले भने बाहिर बजारमा बिक्री गर्न चालकले तेल चोरी गर्ने गरेको बताए । ‘चालकले बाहिर बिक्री गर्न तेल झिकेको बुझ्न आएको छ,’ उनले भने ।

प्रहरीले तेल चोरीमा संलग्नलाई समातेर कारबाही पक्रिया अघि बढाए पनि निगमले चासो दिएको छैन । तेल चोरीमा संलग्नलाई निगमले बनाएको ढुवानी विनियमावलीअनुसार कारबाही गर्ने प्रावधान छ । तर, यो घटनाबारे निगम अधिकारी बेखबर देखिन्छन् ।  आजको नयाँ पत्रिका दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij