२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

देशभर हावाहुरी र असिना पानी

देशभर हावाहुरी र असिना पानी

काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा हावाहुरी असिनासहित वर्षा भइरहेको छ। देशभर मौसम बदली हुनका साथै केही भू–भागमा मेघ गर्जनसहित वर्षा र सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा रहेको महाशाखाले जनाएको छ। हाल काठमाडौं उपत्यका लगायतका देशका केही भागमा असिनापानीसहित हावाहुरी भइरहेको छ।

महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। यस्तै महाशाखाले जनाए अनुसार आगामी आइतबार सम्मनै देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने र पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij