
मन्त्रिपरिषदमार्फत राज्यकोषको ढुकुटीबाट आर्थिक सहायताका नाममा वितरण गर्ने रकम बर्षेनी बढ्दै गएको पाइएको छ । यो रकम वितरण गर्दा प्रत्यक बर्ष सत्तासिन पार्टीका नेता कार्यकर्तालाई खुशी पार्न वितरण गर्ने गरेको भन्दै आलोचना हुने गरेको छ । यसरी आलोचना हुनेगरेपनि यसरी खर्च गर्ने रकम भने बर्षेनी बृद्धि हुने गरेको पाइएको छ । गत तीन वर्षमा मात्रै १६ करोडबाट यो रकम ३१ करोड पुगेको छ ।
महालेखाको प्रतिवेदन अनुसार आर्थिक बर्ष२०७२।७३ मा रु.१६ करोड ४० लाख ३५ हजार आर्थिक सहायताका नाममा वितरण भएकोमा २०७३/७४ मा रु.२९ करोड ६ लाख ८ हजार र २०७४।७५ मा ३१ करोड ८० लाख २७ हजार आर्थिक सहायता वितरण भएको छ ।
आर्थिक सहायताको रकम प्रत्येक वर्ष बढ्दै गएपनि कार्यविधिको पालना भने नगरेको पाइएको छ । ‘आर्थिक सहायता उपलब्ध गराउँदा औषधि उपचार पुष्टि हुने प्रमाण संलग्न गरेको छैन । कार्यविधिको पालनाका साथै उपचार खर्च पुष्टि हुनेगरी सहायता प्रदान गर्न महालेखा गर्नुपर्दछ’ महालेखाको प्रतिवेदनमा सुझाव छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij