२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाली आकाश असुरक्षित कि अरु नै कारण ? सोलुखुम्बुमा विमान दुर्घटनाबाट ३ को मृत्यु

नेपाली आकाश असुरक्षित कि अरु नै कारण ? सोलुखुम्बुमा विमान दुर्घटनाबाट ३ को मृत्यु

सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेन्जिङ-हिलारी विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ |

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार घटनामा परेर समिट एअरको विमानका एक सहचालक र विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकको मृत्यु भएको हो।

उडान गर्न लाग्दा विमान धावनमार्गबाट चिप्लिएर हेलिप्याडतिर गएको लुक्ला विमानस्थलका प्रबन्धक इमनाथ अधिकारीले बताए। तर विमान धावनमार्गबाट चिप्लिनुको कारण खुलेको छैन।

दुर्घटनामा मनाङ एअरको हेलिकप्टर र समिट एअरको विमानका मुख्य चालक घाइते भएका थिए। उनीहरूलाई हेलिकप्टरबाट काठमाण्डू ल्याइएको थियो।

तीमध्ये समिट एअरका चालकलाई उपचारपछि अस्पतालबाट घर पठाइएको जनाईएको छ |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार दुर्घटनामा समिट एअरका सहचालक सजित ढुङ्गाना र नेपाल प्रहरीका सहाक निरीक्षकद्वय रामबहादुर खड्का तथा रुद्रबहादुर श्रेष्ठको मृत्यु भयो।

उनका अनुसार ढुङ्गाना र खड्काको लुक्लामै र श्रेष्ठको उपचारका लागि काठमाण्डू ल्याएपछि मृत्यु भएको हो।

दुई घाइतेमध्ये समिट एअर क्याप्टेन आरबी रोकायालाई उपचारपछि घर फिर्ता गरिएको उनले बताए।

मनाङ एअरका क्याप्टेन चेतबहादुर गुरुङ भने अझै अस्पतालमै छन् |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij