
इन्डियन आयल कर्पोरेसन (आइओसी) को सहयोगमा निर्माणाधिन मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको निर्माण कार्य तिब्र गतिमा अघि वढेको छ।
पाइपलाइनको निर्माण पक्ष हेरिरहेका आइओसिको बिहार पाइपलाइन परियोजना हेर्ने महाप्रवन्धक एनके पन्डाका अनुसार कुनै समस्या भएन भने आगामी जुन (१५असार) भित्रै पाइपलाइन निर्माण सम्पन्न हुने छ।
पाइपलाइनको भारततर्फ मोतिहारी–रक्सौल खण्ड ३२ दशमलव ७ किमी छ। यो खण्डको अधिकांश भाग निर्माण भइसकेको छ।
पाइपलाइनमार्फत् एक घण्टामा दुई सय किलोलिटर तेल आउने छ। यसबाट बार्षिक २ अर्ब ढुवानी खर्च जोगिने छ। आजको नयाँ पत्रिका दैनिकबाट |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij