२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सरकार ईतरका १० पार्टीले गरे सरकारविरुद्द गरे मोर्चाबन्दी

सरकार ईतरका १० पार्टीले गरे सरकारविरुद्द गरे मोर्चाबन्दी

नेपाली कांग्रेसलगायत अन्य १० वटा दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने चेतावनी दिएका छन् । ती दलका विद्यार्थी संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ मा नेताहरूले सरकार जनताको चाहनाविपरीत चलेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

राजधानीमा शुक्रबार आयोजित कार्यत्रममा कांग्रेस सभापति शेरबहादुर देउवालगायत १० दलका नेता ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको आरोप लगाए । अधिनायकवादी सरकारविरुद्ध सत्ताबाहिरका दलले मोर्चार्बन्दी गर्नुपर्ने उनले बताए । ‘सरकारले वार्ताको साटो धरपकडको बाटो लिएको छ, देश टुक्र्याउनेसँग वार्ता गरेर जनमतसंग्रह भन्छ,’ उनले भने, ‘कहाँ छ यिनको राष्ट्रवाद र देशभक्ति ?’ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले ओली सरकार फाँसीवादी भएको आरोप लगाए । सीके राउत र सरकारबीच भएको सम्झौता रहस्यमय भएको उनले बताए ।
नेक्रवित्रम चन्द समूहलाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्नुपर्ने उनको धारणा थियो । चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न उनले सरकारको ध्यानाकर्षण गराए । राजपा नेपालका नेता राजेन्द्र महतोले ओलीको उखान टुक्काले मुलुकमा समृद्धि नआउने बताए ।
सरकारले सीके राउतलाई मधेसको दूत बनाएर पठाएको उनले आरोप लगाए । जनताको समस्या समाधान गर्न आन्दोलनको विकल्प नरहेको उनले बताए । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले चन्द समूहमाथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरे । प्रतिबन्ध लगाउने सरकारको कदमलाई उनले फाँसीवादीको संज्ञा दिए । आजको कान्तिपुर दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij